

विमानस्थल अध्यागमनमा यसरी हुन्छ सेटिङमा काम
अध्यागमन अधिकृत गणेश तामाङ, विकास डंगोल, वीरसिंह भण्डारी र तुलबहादुर काउछाको समूहका अगाडि कार्यालय प्रमुख पनि निरीह बनेका छन् । तामाङको समूहले खटाएर दिएको खानेमा कार्यालय प्रमुख खड्का सीमित छन् । तामाङ, डंगोल र काउछाको समूहले गरेको सेटिङका बारेमा चासो राखेपछि निर्देशक दीपक कोइराला १ महिनाअघि सरुवामा परेका छन् । दीपक कोइराला अध्यागमनबाट सरुवा भएपछि अर्को घुसखोर अड्डा भक्तपुर मालपोत कार्यालयको प्रमुखमा सरुवा मिलाएर गएका छन् ।
-
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा विगत २ बर्षदेखि केही अधिकृतको एउटा गिरोहले पुरै सेटिङमा चलाएको छ ।
अध्यागमन अधिकृत गणेश तामाङ, विकास डंगोल, वीरसिंह भण्डारी र तुलबहादुर काउछाको समूहका अगाडि कार्यालय प्रमुख पनि निरीह बनेका छन् । तामाङको समूहले खटाएर दिएको खानेमा कार्यालय प्रमुख खड्का सीमित छन् । तामाङ, डंगोल र काउछाको समूहले गरेको सेटिङका बारेमा चासो राखेपछि निर्देशक दीपक कोइराला १ महिनाअघि सरुवामा परेका छन् । दीपक कोइराला अध्यागमनबाट सरुवा भएपछि अर्को घुसखोर अड्डा भक्तपुर मालपोत कार्यालयको प्रमुखमा सरुवा मिलाएर गएका छन् ।
गृहमन्त्री रामबहादुर थापा, सचिव प्रेमकुमार राई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख रुद्रसिंह तामाङ हुन्जेल आफूहरुको राज्य चल्ने कुरा गणेश तामाङले खुल्लमखुल्ला भन्न थालेको कर्मचारी स्रोत बताउछ । गणेश तामाङलाई सरुवा गर्न खोजे पनि रुद्रसिंह तामाङले सामान्य प्रशासन मन्त्रालयबाट रोक्ने काम गरेको आरोप छ ।
उपसचिव दीपक कोइरालाको सरुवा पनि सामान्यबाट गणेश तामाङले भन्नासाथ रुद्रसिंहले भूमिब्यवस्था मन्त्रालयमा गरिदिएका छन् । विकास डंगोलहरुले निर्देशक कोइरालाको सरुवा गरेको र आफ्नै जागिर संकटमा पर्ने भएपछि कार्यालय प्रमुख खड्का पछिल्लो समयमा गणेश तामाङहरुको निर्देशनअनुसार चल्ने गरेका छन् ।
पर्यटक भिसामा नेपाल आउने र प्रवेशाज्ञाको म्याद सकिएपनि पनि बस्नुलाई ‘ओभरस्टे’ भनिन्छ । यसरी गैरकानूनी रुपमा बस्ने विदेशी नागरिक अध्यागमन कर्मचारीका अर्का सुनका फुल पार्ने कुखरा हुन् । ओभरस्टेमा ७ लाख भन्दा बढी जरिवाना लिनुपर्नेमा १ लाख जति लिने र उडाउने, कतिपयलाई जरिवाना नै नलिई उडाउने काम पनि तामाङको समूहबाट हुँदैआएको आरोप छ ।
गैरकानूनीरुपमा बस्ने विदेशीलाई घुस लिएर अध्यागमनका कर्मचारीले उडाउने गरेको स्रोतको दावी छ । जरिवाना र जेल पर्ने भएपछि विदेशीहरु अध्यागमनका कर्मचारीलाई एक दुई लाख घुस दिएर नेपालको एयरपोर्टबाट उड्ने गरेका छन् । यसरी गैरकानुनी रुपमा बस्ने विदेशीको संख्या नेपालमा धेरै छ । उनीहरु नेपालको अध्यागमनका कर्मचारीलाई घुस दिएर उड्न पाउने भएपछि अबैध रुपमा बस्दैआएका छन् । एकनाथ ढकालको संस्थाको नाममा क्रिश्चियन धर्म प्रचार गर्ने कोरियन, जापानीज र फिलिपिनोहरु धेरै अवैध रुपमा नेपालमा बस्दैआएका छन् ।
यसरी एयरपोर्ट अध्यागमनमा सरुवा भएको ३ बर्षमै अधिकृत तामाङ, डंगोल र काउछाहरुले १० करोड भन्दा बढी भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।
अध्यागमन अधिकृत तामाङको परिवार हु“दाहु“दै पेप्सीकोलामा छुट्टै अपार्टमेन्ट किनेर प्रेमिका राखेको विवरण पनि उजुरीमा समेटिएको छ । डंगोल र काउछाको बारेमा पनि भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको उजुरी परेको छ । तामाङ २०७२ मा अधिकृत पास भएका हुन् । अख्तियारले अध्यागमन अधिकृत लोकराज बोहराको सम्पत्ति छानबिन गरिरहेको छ ।
अख्तियारले सम्पत्ति छानबिन सुरु गरेपछि उनी सरुवा मागेर गइसकेका छन् । अध्यागनमा बसी भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अधिकृत रमाकान्त अर्यालबिरुद्ध अख्तियारले २०७६ जेठ १६ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको साँघु साप्ताहिकले समाचार लेखेको छ ।
News Desk 0 response बुधबार, असार १८, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



