

बिगत भन्दा ६० प्रतिशत बढी भ्रष्टाचार
बिगत भन्दा यो आर्थिक वर्षका ११ महिनामा ६० प्रतिशत बढी भ्रष्टाचार मुद्दा दायर गरेको छ । ७ सय ७० जनाविरुद्ध मुद्दा दायर गरिए पनि तीनमा शक्तिको दुरुपयोग गरी धन आर्जन गर्नेको संख्या भने निकै कम छ । ठूला आयोजनामा चरम लापर्बाही, व्यापारीसँग मिलेमतो गरी कमसल सामान महँगोमा खरिद र सेवाग्राहीको भीड लाग्ने कार्यालयमा घूसबिना कामै नगर्ने प्रवृत्ति व्यापक देखिएको छ ।
-
काठमाडौं । अघिल्लो बर्ष भन्दा अहिले ६० प्रतिशत बढी भ्रष्टाचार भएको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्षको तुलनामा अहिले दर्ता गरेको मुद्धाले यस्तो देखाएको हो । बिगत भन्दा यो आर्थिक वर्षका ११ महिनामा ६० प्रतिशत बढी भ्रष्टाचार मुद्दा दायर गरेको छ । ७ सय ७० जनाविरुद्ध मुद्दा दायर गरिए पनि तीनमा शक्तिको दुरुपयोग गरी धन आर्जन गर्नेको संख्या भने निकै कम छ । ठूला आयोजनामा चरम लापर्बाही, व्यापारीसँग मिलेमतो गरी कमसल सामान महँगोमा खरिद र सेवाग्राहीको भीड लाग्ने कार्यालयमा घूसबिना कामै नगर्ने प्रवृत्ति व्यापक देखिएको छ ।
अख्तियारले पछिल्लो ११ महिनामा ७ सय ७० जनाविरूद्ध भष्टाचारका ३ सय ९ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । अघिल्लो वर्षको तुलनामा ६० प्रतिशत बढी भ्रष्टाचार मुद्दा यो वर्ष चलाएको छ । मुख्य अभियुक्तसँग लिइएको बिगोको मात्र हिसाब गर्दा यो वर्ष २ अर्ब २१ करोड १५ लाख रुपैयाँ बराबरका भ्रष्टाचार मुद्दा अदालत पुगेका छन् । सबैभन्दा बढी घूस लेनदेनमा १ सय ६६ जनाविरुद्ध १ सय २१ मुद्दा चलाइएको छ । र, १ करोड ६८ लाख रूपैयाँ घूसको कारोबार अख्तियारको जालमा परेको छ । सबैभन्दा बढी घूस अख्तियारकै तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख लिएको विवरण छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोगमा ३ सय ५२ जनाविरुद्ध ६० वटा मुद्दा दायर गरी मुख्य अभियुक्तसँग १ अर्ब ४८ करोड २७ लाख विगो दाबी गरिएको छ । गैरकानुनी लाभ लिएको वा हानी पुर्याएकोमा ८५ जनाविरुद्ध १७ वटा मुद्दा चलाइएको छ । राजश्व हिनामिनाका १० मुद्दामा ३९ जनाविरुद्ध १५ करोड ७९ लाख विगो माग गरिएको छ भने ८८ जनाविरुद्ध नक्कली प्रमाणपत्रका मुद्दा दायर गरिएका छन् । पद र शक्तिको दुरूपयोग गरी अकुत सम्पत्ति कमाएको अभियोगमा भने अख्तियारले जम्मा ११ मुद्दा चलाएको छ, जसले ५२ करोड ३८ लाख रूपैयाँ भ्रष्टाचारबाट कमाएको अख्तियारको निष्कर्ष छ । अर्थात् भ्रष्टाचार गर्ने सार्वजनिक पदाधिकारीले औसत ४ करोड ४७ लाख रूपियाँ अवैध आर्जन गरेको देखाउँछ ।
News Desk 0 response बिहिबार, असार १२, २०७६


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०