

-
काठमाडौं ।
एउटा सत्य यही हो कि, नेपालका कर्मचारीको तलबबाट गुजारा चल्दैन । त्यसैले दायाँ–बायाँका आम्दानीमा आँखा लगाइन्छ । अर्को सत्य के पनि हो भने, उताका आम्दानीमा डुल्दाडुल्दै कतिपयले यति सम्पत्ति थुपार्छन् कि, राख्ने ठाउँ नभएर आफन्तलाई लुकाउन दिने, मिटर व्याजी खोजेर तह लगाउने । तर, चाहिएका बेला बेइमानीमा पर्ने । उजुर–बाजुरमा जाऔँ, स्रोतको खोजी हुने, नजाऔँ, आफ्नो सम्पत्तिमा अर्कैले मस्ती मार्ने ।
विकराल बन्दै गएको समस्या हो यो । राजा महेन्द्रले ०२१ सालमा भूमिसुधार लगाएपछि धेरैले हदबन्दीबाट जोगिन आफन्त र विश्वासिलाका नाममा जमिन लुकाए । त्यसरी लुकाउनेमध्ये १० प्रतिशतले पनि जमिन फिर्ता पाएनन् । आफूले दाबी गर्न नमिल्ने, लिनेले फिर्ता नदिने † अर्थ मन्त्रालयबाट ३–४ वर्षअघि अवकाश पाएका एकजना उपसचिव यस्तै रनाहामा परेका छन् । ०७४ असोजमा बर्खास्त भएका आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्काले पनि आर्जित साढे सात करोड लुकाउन तेह्रथुमकी अमिता लामालाई प्रयोग गरे । घर, जग्गा–जमिन र ८४ लाखको टक्सन गाडी पाएकी अमिता देखिने गरी गोपालको नाताकी हैनन् ।अहिले त्यस्ता १८ करोड ६६ लाख पाँच हजार ६ सय २९ रुपैयाँ २३ पैसाबराबरको मुद्दा खेपिरहेका गोपालमाथि यदि समयमै अख्तियार नलागेको थियो भने नियत खराब भएकाले चाहेको भए पचाएको पचायै हुने थियो । अहिले धरानतिर घर भई आचार्य थरका अर्थ मन्त्रालयसम्बद्ध पूर्वउपसचिव यस्तै भाउँतोमा परेका छन् । उनले कुनै बेला गल्पmुटारमा साली र साढु भाइका नाममा ६ रोपनी जग्गा किने । अहिले दुई रोपनी भए पनि फिर्ता पाऊँ भन्न जान्छन् । तर, दिनुपर्नेले दिँदैनन्, लिन कानुनी आधार पनि छैन । धेरै किचकिच गर्दा अख्तियारमा उजुर पर्ने खतरा । साली र साढुभाइ नै सरकारी साक्षी बनेर फसाइदिए भने एक त सामाजिक बेइज्जती, अर्को सम्पत्तिको सत्यानाश ।
News Desk 0 response बुधबार, असार ११, २०७६
जनआस्थावाट

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



