

-
काठमाडौं ।
एउटा सत्य यही हो कि, नेपालका कर्मचारीको तलबबाट गुजारा चल्दैन । त्यसैले दायाँ–बायाँका आम्दानीमा आँखा लगाइन्छ । अर्को सत्य के पनि हो भने, उताका आम्दानीमा डुल्दाडुल्दै कतिपयले यति सम्पत्ति थुपार्छन् कि, राख्ने ठाउँ नभएर आफन्तलाई लुकाउन दिने, मिटर व्याजी खोजेर तह लगाउने । तर, चाहिएका बेला बेइमानीमा पर्ने । उजुर–बाजुरमा जाऔँ, स्रोतको खोजी हुने, नजाऔँ, आफ्नो सम्पत्तिमा अर्कैले मस्ती मार्ने ।
विकराल बन्दै गएको समस्या हो यो । राजा महेन्द्रले ०२१ सालमा भूमिसुधार लगाएपछि धेरैले हदबन्दीबाट जोगिन आफन्त र विश्वासिलाका नाममा जमिन लुकाए । त्यसरी लुकाउनेमध्ये १० प्रतिशतले पनि जमिन फिर्ता पाएनन् । आफूले दाबी गर्न नमिल्ने, लिनेले फिर्ता नदिने † अर्थ मन्त्रालयबाट ३–४ वर्षअघि अवकाश पाएका एकजना उपसचिव यस्तै रनाहामा परेका छन् । ०७४ असोजमा बर्खास्त भएका आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्काले पनि आर्जित साढे सात करोड लुकाउन तेह्रथुमकी अमिता लामालाई प्रयोग गरे । घर, जग्गा–जमिन र ८४ लाखको टक्सन गाडी पाएकी अमिता देखिने गरी गोपालको नाताकी हैनन् ।अहिले त्यस्ता १८ करोड ६६ लाख पाँच हजार ६ सय २९ रुपैयाँ २३ पैसाबराबरको मुद्दा खेपिरहेका गोपालमाथि यदि समयमै अख्तियार नलागेको थियो भने नियत खराब भएकाले चाहेको भए पचाएको पचायै हुने थियो । अहिले धरानतिर घर भई आचार्य थरका अर्थ मन्त्रालयसम्बद्ध पूर्वउपसचिव यस्तै भाउँतोमा परेका छन् । उनले कुनै बेला गल्पmुटारमा साली र साढु भाइका नाममा ६ रोपनी जग्गा किने । अहिले दुई रोपनी भए पनि फिर्ता पाऊँ भन्न जान्छन् । तर, दिनुपर्नेले दिँदैनन्, लिन कानुनी आधार पनि छैन । धेरै किचकिच गर्दा अख्तियारमा उजुर पर्ने खतरा । साली र साढुभाइ नै सरकारी साक्षी बनेर फसाइदिए भने एक त सामाजिक बेइज्जती, अर्को सम्पत्तिको सत्यानाश ।
News Desk 0 response बुधबार, असार ११, २०७६
जनआस्थावाट


सम्बन्धित शीर्षकहरु
-
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८० -
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८०
-
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८० -
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८० -
खरिदारको सरुवा फागुनसम्म रोकियो
मङ्लबार, मंसिर १२, २०८०