

आफ्नो बढुवा आफैं गर्ने त्रिबिका रजिस्ट्रार
यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए। शिक्षा अर्थशास्त्रका सहप्राध्यापक डिल्ली उप्रेती चार वर्षअघि रजिस्ट्रारमा नियुक्त भएका थिए ।
-
काठमाडौं ।
त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन्। सहप्राध्यापकबाट हालै प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन्।
यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए। शिक्षा अर्थशास्त्रका सहप्राध्यापक उप्रेती चार वर्षअघि रजिस्ट्रारमा नियुक्त भएका थिए ।
उप्रेतीले बढुवा हुनुअघि आफू अनुकूल नियम परिवर्तन गरे र त्यही नियमका आधारमा माथिल्लो पदमा उक्ले। उनले त्रिवि कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली संशोधन गरेर आफू अनुकूलको व्यवस्था कायम गरेका हुन्। उनी रजिस्ट्रार हुनुअघि त्रिविमा सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा हुन दुई सय पूर्णांकको परीक्षा दिनुपर्दथ्यो। तर उप्रेतीले त्रिवि सभामा यो व्यवस्था परिमार्जन गरेर एक सय पूर्णांकमा झार्नुपर्ने प्रस्ताव लगे।
गत वर्ष सभामार्फत उनकै प्रस्ताव पारित भयो। प्राध्यापकमा बढुवा हुन थुपै्र योग्यता हुनुपर्ने कार्यविधिमा छ।विश्वविद्यालयका पदाधिकारीलाई कार्यरत पदबाट माथिल्लो पदमा बढुवा हुन कानुनले रोकेको छैन। तर नैतिकताका आधारमा उनीहरूले पदाधिकारीमा बहाल रहेसम्म माथिल्लो पदमा बढुवा हुनु नैतिकताको आधारमा अमिल्दो रहेको यस क्षेत्रका जानकार बताउँछन्।
News Desk 0 response शुक्रबार, असार ६, २०७६
अन्नपूर्णपोष्टबाट

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



