

हिसाब परीक्षण गर्न खटाइने अधिकृतमाथि प्रश्न
सरकारी कार्यालयहरुको हिसाब परीक्षण गर्न खटाइने अधिकृतहरुमध्येका एकजना अधिकृतमाथि प्रश्न उठेको छ । आदर्शवान कम्युनिष्ट मानिने मोहन वैद्य नेतृत्वको पार्टीनिकट कर्मचारी हुन् उनी, जसले एउटा सरकारी कार्यालयमा अर्बौंको बेरुजु भेटेपछि त्यसमा आफ्नालागि मोटो रकम कमिशनबापत खोजेको साउती चल्न थालेको छ ।
-
काठमाडौं ।
सरकारी कार्यालयहरुको हिसाब परीक्षण गर्न खटाइने अधिकृतहरुमध्येका एकजना अधिकृतमाथि प्रश्न उठेको छ । आदर्शवान कम्युनिष्ट मानिने मोहन वैद्य नेतृत्वको पार्टीनिकट कर्मचारी हुन् उनी, जसले एउटा सरकारी कार्यालयमा अर्बौंको बेरुजु भेटेपछि त्यसमा आफ्नालागि मोटो रकम कमिशनबापत खोजेको साउती चल्न थालेको छ । महालेखा परीक्षकको कार्यालयका अधिकृत शिवहरि पोखरेलको सन्दर्भ हो यो । पहिला राजश्व समूहमा थिए । त्यहाँ केही कैफियत देखिएपछि सुकदेव खत्रीको पालामा एनसेलको पुँजिगत लाभकर तिर्नुपर्ने भन्दै विभिन्न अनलाइनमा लेखे । त्यसपछि सञ्चार हेर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणमा सारिए । त्यहाँ गत वर्षको लेखा परीक्षणका क्रममा यति धेरै कैफियत भेटे कि, सोहीबमोजिमको एक–दुई लाखमा मात्र चित्त बुझाएनन्, झण्डै करोडको हाराहारीमा अपेक्षा गरेको पाइएपछि र त्यहीअनुसारको रिपोर्ट आएपछि कुरा छरपष्ट भयो । त्यसपछि महालेखा परीक्षक आफैँले उनीभन्दा तीन तह माथिसम्मका हाकिम क्रमशः पदम आचार्य, महेश्वर काफ्ले र सचिव बाबुराम गौतमलाई बोलाएर नोटिसमा राखे । यससम्बन्धमा दूरसञ्चार प्राधिकरणका हाकिमहरु र सञ्चार मन्त्रालयका सचिवसम्मलाई बोलाएर केरकारसमेत गरेको जनआस्थाले लखेको छ ।
News Desk 0 response बुधबार, असार ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



