• मोरंग ।

    स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा अयोगले प्रकाशन गरेको सूचनामाथि सरकारले हस्तक्षेप नगर्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए। विराटनगर विमानस्थलमा सोमबार कुरा गर्दै मन्त्री पोखरेलले संवैधानिक निकायले संविधानको व्यवस्था अनुरुप गर्ने काममा कार्यपालिकाले हस्तक्षेप नगर्ने बताए। प्रदेश तहमा लोकसेवा आयोग गठन हुने संविधानको व्यवस्था भए पनि प्रदेशहरुमा लोकसेवा आयोग नबनेको हुँदा स्थानीय तहमा कर्मचारीको आवश्यकता पूर्ति गर्न आयोगले सूचना प्रकाशन गरेको मन्त्री पोखरेलले स्पष्ट पारे। मन्त्री पोखरेलले आयोगको सूचना समावेशी सिद्धान्तमै आधारित रहेको दाबी पनि गरे। उनले अस्थायी तथा करार सेवामा भर्ना गर्ने अधिकार दिँदा अनियमितता हुने गरेको गुनासो आइरहेकोले पनि आयोगले निष्पक्षरुपमा कर्मचारी भर्ना गर्नु उचित हुने बताए।