• काठमाडौं ।

    कुलमान घिसिङ प्रमुख भएपछि लोडसेडिङ अन्त्य भएको सत्य हो । त्यसका पछाडि धेरै कारण छन् । तर, अहिले बिद्युत प्राधिकारणका कार्यकारी निर्देशक घिसिङलाई देवत्करण गरिँदैछ । लामो समय लोडसेडीङको झट्का लागेकाले लोडसेडीङ हट्नु नेपालीका लागि बरदान सावित भयो । जुन स्वाभाविक पनि हो । यही बिषयमा सांसद तथा नेकपा नेता अमनलाल मोदी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिच संसदीय समितिमा सवाल जवाफ भयो । सांसद मोदीले नीतिगत भ्रष्टाचार प्राधिकरण नेतृत्वबाट भएको आरोप र घिसिङले काम गर्न नदिएको आरोप लगाएका थिए । मनपरी नबोल्न मोदीले चेतावनी दिएपछि घिसिङले सोही जवाफ फर्काउँदै भ्रष्टाचार प्रमाणित भए झुन्डिन तयार भएको बताएका थिए । तत्कालीन मन्त्री र सबैको प्रयासको कारण लोडसेडिङ अन्त्य भयो, त्यसको पुरै जस कुलमान घिसिङ जिले मात्रै लिन खोजेको सांसदको आरोप थियो ।

    सांसद मोदीले लोडसेडिङ अन्त्यका नाममा प्राधिकरण नेतृत्वबाट गम्भीर नीतिगत अनियमितता भएको बताए । मिटर बक्सको जडान दुई÷तीन वर्षपछि गणना गर्ने नाममा प्राधिकरणले अनियमितता गर्न खोजेको आरोप मोदीले लगाएका थिए । विगतमा विलीङ नगर्ने र अहिले गर्ने कार्य गर्नमा पनि सच्चा मन नभएको उनको आरोप थियो । विभिन्न आयोजनामा क्षमताअनुसारको उत्पादन नगरेर पनि प्राधिकरणले अनियमितता गरेको उनले बताए । मोदीले यति भनेपछि घिसिङले तीन÷तीन महिनामा डाउनलोड गरेको टिओडि मिटर हरेर मात्रै ट्रङ्क र डेडिकेटड लाइनको महसुल निर्धारण गर्ने भनिएको प्रष्टोक्ति दिएका थिए । मोदीले राखेको अन्य मतमा घिसिङ विषय मतान्तर गर्दै आरोप लगाएको विषयमा सत्यता नभएको भन्दै मोरङको कटहरी प्रशारणलाइन निर्माणको क्रममा सांसदले काम गर्न नदिएको आरोप लगाए । त्यसपछि कुलमान थप कराएर भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको बताए ।
    एकाध असल काम गर्ने मानिसहरु सँधैभरी असल भइरहन्छन् भन्ने पनि त छैन । ईतिहासको कालखण्डमा आरके मैनाली कत्रा क्रान्तिकारी थिए, तर उनी राजाको सरकारमा मन्त्री हुन गए । मोदनाथ प्रश्रीतले गोलघरको सन्देश लेखे, तर गौथलीको गुँडदेखि मणिपाल कलेजसम्ममा फँसे । अन्दोलनमा लागे बापत शेरवहादुर देउवाको ओंठमा मण्डलेहरुले हानेको ढुँगाको खत अझै होला, तर उनैले प्रजातन्त्र किस्तीमा राखेर राजालाई बुझाए । अतः एक पटक असल हुनासाथ कोही पनि मानिस सदा असल भइरहन सक्दैन ।

    यो नेपाली समाज हो जहाँ गणेशमान सिंह पनि पुत्र र पत्नी मोहमा फँसे । कृष्णप्रसाद भट्टराई ‘जनआन्दोलन पीडित राहत कोष’को बितरणमा ओभानो भएनन् । कुलमान घिसिङले नेपाललाई लोडसेडीङ मुक्त गराए । भन्दैमा उनले अब जे गरे पनि राम्रै हुन्छ भन्न सकिन्न । मानिसको मन हो, बरालीन बेर लाग्दैन । अतः सँसदमा, मिडियामा र आम जनतामाझ उनका बारेमा पनि प्रश्न उठाउन पाइन्छ र उठाउनुपर्छ । कसैको देवत्वकरण गर्नु जरुरी छैन । कुलमान घिसिङको संस्कार र चेत कुन हदसम्मको हो भन्ने कुरा त उनले फिल्डमा गएर जनतालाई ‘बन्द गरीस् भने तँलाई थुन्दिन्छु’ भनेबाटै स्पष्ट हुन्छ । जनताको अपार समर्थन, शासकहरुको भरथेग र लोकप्रियताका कारण उनमा दम्भ कुन हदसम्म बढेको रहेछ भने उनले आफैलाई प्रहरी प्रशासन ठानेकोले पुष्टि हुने बरिष्ठ पत्रकार कुसुम भट्टराई बताउँछन् । उनी कर्मचारी हो, प्रहरी हैन । त्यसैले प्रहरीका एसपी या डिएसपीले जस्तो तँलाई थुन्दिन्छु भन्दै हिँडनु धाक धम्कीको भाषा भएको भट्टराईको तर्क छ । लोकतन्त्रमा यसरी धाक धम्की दिँदै हिंड्न कसैलाई पनि छुट छैन । नियम बमोजिम काम गर्न हरेक निकाय छन्, तिनले काम गर्छन् । कसैलाई ओभर स्मार्ट हुने छुट कानूनले नदिएको अधिबक्ता भेषराम ढकाल बताउँछन् । कुलमानले संसदमा बोलेको भाषाले पनि उनको चरित्र स्पष्ट पार्दछ ।
    ‘शिष्ट मानिसले ‘भ्रष्टाचार प्रमाणित भएमा कानून बमोजिम सजाय भोग्न तयार छु’ भन्छ, तर कुलमानजीले ‘झुण्डिएर मर्न तयार छु’ भने, जुन शोभनीय भाषा हैन ।’ लामो समय पत्रकारिता गरेका कुसुम यस्तो प्रतिकृया दिन्छन् । सरकारी निकायमा बहाल रहेको व्यक्तिले यस्तो गैरकानूनी भाषा बोल्न मिल्दैन, झुण्डिएर मर्ने छुट कानूनमा पनि छैन ।


    साँसद अमन मोदीले संसदमा उठाएको बिषयलाई सही ठान्ने धेरै मानिस छन् । बिगतमा उनीसँगै काम गरेका ब्यक्तिहरु पनि कुलमान बाहिर आए जस्तो ‘दुधले धोएको’ अवस्थामा नरहेको बताउँछन् । चिलिमेमा काम गर्दा होस वा त्यही बाट मध्य भोटेकोशी आयोजनाको स्थापना गर्ने बेलामा होस् कुलमानको कतुर्त धेरै भेटिएको सिन्धुपाल्चोकका पत्रकार सूर्य न्यौपाने बताउँछन् । ‘कुलमानको कामको कदर गर्ने धेरै छन्,’भट्टराई भन्छन्,‘साँसद अमन मोदीले उठाएको कुरा जायज हो । कुलमानको म पनि फयान हुँ, तर उनको अन्धभक्त चाहिँ हैन । र, उनी चोखो छन् भन्नेमा धेरैको बिश्वास छैन ।’

    -जनप्रशासन पाक्षिकवाट