
स्थानीय तहमा कर्मचारी पूर्ण गर्ने योजना सुरु
सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न थालेको छ । यसका लागि लोकसेवा आयोगले झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दी स्थानीय तहबाट सङ्कलन गरेपछि आयोगले विज्ञापन गरेको हो।
-
काठमाडौं ।
सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न थालेको छ । यसका लागि लोकसेवा आयोगले झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दी स्थानीय तहबाट सङ्कलन गरेपछि आयोगले विज्ञापन गरेको हो।स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले खुला विज्ञापन गरेको हो। खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको छ । स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना सरकारको योजना छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन्। सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार ६७ हजार ७१९ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। दरबन्दीअनुसार गत चैतमा स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन भएका छन्। समायोजन भएकामध्ये निजामती कर्मचारीबाट ३१ हजार ७१०, साविक स्थानीय तहबाट १० हजार ५४०, तत्कालीन जिल्ला विकास समितिबाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ कर्मचारी समायोजन गरिएका छन्। यस्तै स्थानीय सरकार सञ्चालन ऐनको दफा ८७ को व्यवस्थाबमोजिम कार्यरत रहेका करीब सात हजार ६५० कर्मचारीसमेत समायोजन भएका हुन्। अझै सात हजार कर्मचारी स्थानीय तहमा अपुग हुन्छन् । यसैगरी सङ्घमा दरबन्दी ४८ हजार ४०९ मध्ये ३९ हजार ९६० र प्रदेशमा २२ हजार २९७ मध्ये १३ हजार ८२१ कर्मचारी समायोजन गरेको हो। अझै सङ्घमा आठ हजार ४४९ र प्रदेशमा आठ हजार ४७६ कर्मचारी अपुग छन्।
News Desk 0 response बिहिबार, जेष्ठ १६, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९