

-
काठमाडौं ।
उदयपुरको कटारीमा रहेको सेनाको कालिसिद्ध गण प्रमुख केशव कार्की कोर्ट अफ इन्क्वायरीको घेरा हुँदै कोर्टमार्शलमा पुग्दैछन् । १८ बाहिनी गाइघाटका जर्नेल हिमांशु खड्काले प्रधानसेनापतिको लिखित निर्देशनबमोजिम उनलाई यही साता जागिरबाट बर्खास्त गरिएको कठोर फैसला सुनाउने तयारी छ । त्यसअनुसार, दुई वर्षे कार्यकाल सम्हाल्न गएका केशवले सिपाहीको गाँस काटेर कमाएको ४७ लाख रुपैयाँको दण्डसमेत भराइने छ । कटारीस्थित यो पल्टन अब बर्दिबासभित्र डिभिजन हेडक्वार्टरसँगै सर्दैछ । अहिले नेपाली सेनाले इञ्जिनियरिङ, सिंग्नल र आर्टिलरी गरी ११ वटा नयाँ गण थपेको छ । इञ्जिनियरिङ पल्टनले कम्ब्याट सपोर्ट, पुल निर्माणसहित विकास निर्माणका विभिन्न काममा सहभागिता जनाउने गर्दछ । बारामा हावा–हुरीले भत्किएको बस्ती यस्तै फौजले बनाइरहेको छ । पानी सप्लाई, हेलिप्याड, बम डिस्पोज, ताल सफा गर्ने पनि यसैले हो । पहिला पनि ताल सफाईको नाममा यस्तै भोजन भएको थियो । गणपति केशवलाई तीन महिना छानबिनमा राखेर कोर्टमार्शलको चरणमा पु¥याइएको हो । आधुनिक हतियारसहित बन्दूक, खुकुरी भिरेका सिपाही दोषीको दायाँबायाँ बसेर फैसला सुनाउने प्रचलन छ । त्यसका लागि उनलाई छिट्टै गाइघाट लगिँदैछ ।
News Desk 0 response बुधबार, जेष्ठ ८, २०७६
यस्तो अनियमितताको कुरा सेनाभित्रैबाट खुलेको हो । उनले सुवेदार मेजरलाई भागै नदिई सिपाहीको राशनमा आँखा लगाएका थिए । ती सुवेदार मेजर मानार्थ लप्टनमा बढुवा भई घर जाने बेला प्रधानसेनापतिले खडा गरेको नयाँ अड्डा ‘शिकायत जाँच निर्देशनालय’ मा उजुर हाले । त्यसैको फलोअपका क्रममा कर्णेल क¥यापझ्याप भएका हुन् । ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



