

-
काठमाडौं ।
संविधानमा प्रदेश लोकसेवामार्फत प्रदेश र स्थानीय तहमा कर्मचारी भर्ना गर्ने प्रावधान रहे पनि प्रदेश लोकसेवा आयोग नबनेको अवस्थामा छोटो प्रक्रियाबाट कर्मचारी नियुक्त गर्न भर्ना प्रक्रिया थालिएको छ । जस अनुसार लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो। यसअघि मन्त्रालयले सबै स्थानीय तह ७ सय ५३ लाई रिक्त दरबन्दी संख्यासहितको विवरण पठाउन पत्राचार गरेलगत्तै ४ सय ३४ स्थानीय तहले ११ हजार ३ सय ४६ जना कर्मचारी अपुग रहेको विवरण मन्त्रालयलाई पठाएका थिए भन्ने खबर समाचारपत्र दैनिकमा छ। आयोगका अनुसार ८० प्रतिशतभन्दा बढी खरिदार, नायब सुब्बा ‘प्राविधिक र प्रशासनिक’ का लागि भर्ना खुलाइनेछ। यसपछि क्रमशः अधिकृत र अन्य स्तरका कर्मचारी भर्नाका लागि विज्ञापन खोलिनेछ। यसअघि मन्त्रालयले गत चैत्र १४ गते संघ, प्रदेश र स्थानीय तहमा गरी १ लाख ३१ कर्मचारीको समायोजन गरेको थियो। स्थानीय तहमा कायम गरिएको ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरेको थियो। सोअनुसार अझै १६ हजार १ सय १८ कर्मचारी अपुग देखिन्छ। अहिलेको समायोजनअनुसार केन्द्रमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ४३ हजार ८ सय ७ कर्मचारी छन्। सरकारले संघमा ४८ हजार ४ सय ९, प्रदेशमा २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत गरेको थियो।
News Desk 0 response सोमवार, जेष्ठ ६, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज..
शनिबार, अशोज ६, २०८० -
१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै
शनिबार, अशोज ६, २०८० -
मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी
शनिबार, अशोज ६, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८०
-
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज..
शनिबार, अशोज ६, २०८० -
मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी
शनिबार, अशोज ६, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०