

बालुवाटारको जग्गामा बाली बुझ्ने यी कर्मचारी
तत्कालीन भूमिसुधारमन्त्री विजय गच्छदार, डम्बर श्रेष्ठलगायत तत्कालीन सचिवहरु दीप बस्नेत, छविराज पन्त, दिनेशहरि अधिकारीका संलग्नता रहेको विषय सार्वजनिक भइरहेको बेला यस प्रकरणमा दुई दर्जन कर्मचारी छानवीनको घेराभित्र परेका छन् । अख्तियारस्रोतका अनुसार, मालपोत कार्यालय डिल्ली बजारका प्रमुख मालापोत अधिकृत कलाधर देउजा, मालपोत अधिकृत सुरेन्द्रमान कपाली, सुब्बा जगतप्रसाद पुडासैनी र खरिदार युद्धप्रसाद श्रेष्ठ माथि अनुसन्धान शुरु भएको छ । प्रमुख मालपोत अधिकृत देउजा सहितका यो चारजना कर्मचारीले बालुवाटारको १सय १३ रोपनी जग्गा सुवर्ण शमसेरका हकदार रुक्मशमसेर, सुनिती र शैलजा राणाका नाममा २०४९ साल कात्तिक र पुष महिनामा दर्ता गरिदिएका थिए ।
-
काठमाडौं ।
चर्चित बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु,कर्मचारीदेखि नेता तथा कार्यकर्ता मुछिए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधव नेपालसहितलाई यसले दाग लगाईदिएको छ । तत्कालीन भूमिसुधारमन्त्री विजय गच्छदार, डम्बर श्रेष्ठलगायत तत्कालीन सचिवहरु दीप बस्नेत, छविराज पन्त, दिनेशहरि अधिकारीका संलग्नता रहेको विषय सार्वजनिक भइरहेको बेला यस प्रकरणमा दुई दर्जन कर्मचारी छानवीनको घेराभित्र परेका छन् । अख्तियारस्रोतका अनुसार, मालपोत कार्यालय डिल्ली बजारका प्रमुख मालापोत अधिकृत कलाधर देउजा, मालपोत अधिकृत सुरेन्द्रमान कपाली, सुब्बा जगतप्रसाद पुडासैनी र खरिदार युद्धप्रसाद श्रेष्ठ माथि अनुसन्धान शुरु भएको छ । प्रमुख मालपोत अधिकृत देउजा सहितका यो चारजना कर्मचारीले बालुवाटारको १सय १३ रोपनी जग्गा सुवर्ण शमसेरका हकदार रुक्मशमसेर, सुनिती र शैलजा राणाका नाममा २०४९ साल कात्तिक र पुष महिनामा दर्ता गरिदिएका थिए । मालपोत र नापीमा डनका रुपमा चर्चित कर्मचारीहरु बालुवाटार प्रकरणमा तानिने भएका हुन् । त्यसैगरी गुठी संस्थानका तत्कालीन प्रशासक बलिराम प्रसाद साह तेली र मालपोत कार्यालयका तत्कालीन प्रमुख उपसचिव हुपेन्द्रमणि केसी पनि यो जग्गा प्रकरणमा संलग्न रहेको पाइएको छ । साह र उपसचिव केसीले सरकारी जग्गाको लागत कट्टा गरी पशुपती टिकिन्टा गुठी हुँदै १४ कित्ता जग्गा व्यक्तिको नाममा दता गराइएको थिए । त्यसैगरी टीकराम घिमिरे प्रमुख मालपोत अधिकृत रहेका बेला घिमिरे र केसीको पहलमा समरजंग कम्पनीको नामको तीन कित्ता जग्गा राणा परिवारको नाममा हालसाविक गर्ने काममा श्रीहरी पुडासैनी र खरीदार श्यामकुमार क्षत्री समेत संलग्न भएको देखिएको छ । त्यस्तै तत्कालीन प्रमुख मालपोत अधिकृत हरिकृष्ण तिमिल्सिना, मालपोत अधिकृत परशुराम पोखरेल, शाखा अधिकृत कृष्ण प्रसाद पौडेल र सुब्बा प्रकाश भट्ट समरजंग कम्पनीको नाममा रहेको जग्गा २०६० मंसिरमा व्यक्तिको नाममा गरिदिएको र गुठी मार्फत नक्कली मोही खडा गरी मोहीको नाममा नामसारी गरिदिएको प्रकरणमा मुछिएका छन् ।
त्यस्तै सुब्बा टीकाबहादुर बिसी र खरीदार जीवनाथ पोखरेल माथि पनि यो प्रकरणमा छानबीन भइरहेको छ । डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत अर्जुन भण्डारी माथि सरकारी जग्गा नक्कली गुठी र मोहीका नाममा दर्ता गर्न सहमती दिएको भन्दै अख्तियारको फन्दामा परेका छन् ।
बालुवाटार जग्गा प्रकरणमा तत्कालीन भूमिसुधार मन्त्रालयका सचिव दीप बस्न्यात, दिनेशहरि अधिकारी र छविराज पन्तको संलग्नता देखिएपछि उनीहरु अख्तियारको छानवीनको घेरामा परेका छन् । बस्नेत सचिवबाट अवकास पाएपछि राप्रपाको कोटाबाट अख्तियारको आयुक्त हुँदै प्रमुख आयुक्त समेत बनिसकेका छन् भने पन्त सचिवबाट रिटायर्ड पछि काँग्रेस सभापति शेरबहादुर देउवाको निगाहमा खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । अधिकारी अवकाशपछि साहित्यिक फाँटमा रमाईरहेका छन् । अधिकारी त्यो बेलाको आर्जित सम्पत्तिले गीत कविताका पुस्तक लेखनमा मग्न छन् । बालुवाटार प्रकरणमा मुछिएका यी सबै जसो कर्मचारी विभिन्न पदबाट अवकास पाइसकेका छन् । अवकासपछि अख्तियारले बोलाउँदै बयान लिन थालेपछि घरपरिवारमा रुवाबासी चलेको छ ।जनप्रशासन पाक्षिकवाट
News Desk 0 response आइतवार, जेष्ठ ५, २०७६

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



