

सुमार्गीलाई सुटुक्क पूर्जी
अजेयराज सुमार्गी (पराजुली) लाई आन्तरिक राजश्व कार्यालय, बानेश्वरले पुँजिगत लाभकर भुक्तानी गर्न पुर्जी काटेको छ । उनको नाममा नेपाल स्याटेलाइट टेलिकम प्रा.लि. दर्ता छ । त्यसले हेलो मोबाइलको नाममा कारोबार गर्ने भनेर इजाजतपत्र लिएको हो । साइप्रसको एयरबेल सर्भिस प्रालिले हेलो मोबाइलको ७५ प्रतिशत शेयर किनेको छ । अनि, त्यो एयरबेलको सत्प्रतिशत शेयर टेलिया सोनेराले लिएको छ । कर छलेर आजिएटालाई एनसेल बेच्ने विवादास्पद कम्पनी पनि यही हो ।
-
काठमाडौं ।
अजेयराज सुमार्गी (पराजुली) लाई आन्तरिक राजश्व कार्यालय, बानेश्वरले पुँजिगत लाभकर भुक्तानी गर्न पुर्जी काटेको छ । उनको नाममा नेपाल स्याटेलाइट टेलिकम प्रा.लि. दर्ता छ । त्यसले हेलो मोबाइलको नाममा कारोबार गर्ने भनेर इजाजतपत्र लिएको हो । साइप्रसको एयरबेल सर्भिस प्रालिले हेलो मोबाइलको ७५ प्रतिशत शेयर किनेको छ । अनि, त्यो एयरबेलको सत्प्रतिशत शेयर टेलिया सोनेराले लिएको छ । कर छलेर आजिएटालाई एनसेल बेच्ने विवादास्पद कम्पनी पनि यही हो । यसअनुसार, यिनीहरु एकअर्कासँग जोडिएका छन् । सुमार्गी, हेलो मोबाइल, एयरबेल र टेलिया सोनेरा एक अर्काका पुरक हुन् । एयरबेलले हेलो मोबाइलको ७५ प्रतिशत शेयर किन्दा पाँच अर्ब पुँजिगत लाभकर तिरेको छैन । विदेशी कम्पनीसँग किनेको कर, जरिवाना गरेर उक्त रकम तिर्न वैशाख १६ गते सुमार्गीलाई पत्र काटिएको हो । उक्त कार्यालयका प्रमुख लालप्रसाद पंगेनी भन्छन्, ‘हामी यो मामिला हेर्र्दैछौँ, पत्र काटिएको कुरा सत्य हो ।’ बिडम्बना के भने, अहिले हेलो मोबाइल र नेपाल स्याटेलाइट कम्पनीको सेवा बन्द छ । सुमार्गीले चोर बाटोबाट ल्याएको केही अर्ब पैसा पनि अदालतको आदेशमा रोकिएको छ । महालेखाले यसलाई ठूलै बेरुजुका रुपमा उल्लेख गरेको छ । भ्याट कार्यालय भन्छ, ‘असुल गर्न सकिएको छैन, कर निर्धारण पनि हुन सकेको छैन । निर्णयमा पुग्न सकिएको छैन । पत्र काटेर प्रारम्भिक चरणमा पुगिएको छ ।’
News Desk 0 response बुधबार, जेष्ठ १, २०७६
सुमार्गी र साइप्रसको एयरबेल सर्भिसेज लिमिटेडका लगानीकर्ता हुन् भन्ने खुलासा गत वर्ष नै भएको थियो । ‘म्याग्नम हाउस’ ठेगाना उल्लेख गरी अहिलेसम्म पनि सक्रिय रहेको यो कम्पनी सन् २००८ मा खोलिएको हो । ‘म्याग्नमसर्भ सेक्रेटरी लिमिटेड’ नामक बिचौलिया ल फर्मले दर्ता गराइदिएको एयरबेलको शेयर ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता भएको जोधार इन्भेष्टमेन्ट प्रालिले खरीद गरेको थियो । यो कम्पनीका अन्य लगानीकर्ता भने नेपाली व्यवसायी सुमार्गी, उनको कम्पनीमा काम गर्ने शर्मा र अन्य ११ विदेशी छन् । ११ मध्ये एक लगानीकर्ता हुन्, मोहम्मद एमर्सी । जो सुमार्गीका कम्पनी र मेरो मोबाइल हुँदै २०६६ फागुनबाट एनसेलसँग जोडिएका हुन् । उनी टेलियासोनेरा ग्रुपको बरिष्ठ सल्लाहकार र तत्कालीन मेरो मोबाइलको २०५८ असारदेखि २०६१ चैत १७ सम्मको लगानीकर्ता स्पाइस नेपाल प्रालिको सञ्चालक समिति सदस्य पनि थिए । एमर्सी ब्रिटिश नागरिक हुन् र दुबईमा बस्छन् । उनी रुरल सोर्स र इन्क्ल्युसिभ भेञ्चर्स लिमिटेड कम्पनीका पनि मालिक हुन् । उक्त कम्पनीसँग सन् २०१४ मा सुमार्गीको मुक्तिश्री गु्रपले साझेदारी गर्ने घोषणा गरेको थियो । २०१३ सेप्टेम्बर १२ मा सुमार्गीसँग एयरबेलको २० कित्ता शेयर एक करोड ५२ लाख युरो (करीब दुई अर्ब रुपैया“) मा टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्सले किनेर त्यसको ६ दिनपछि ४० कित्ता शेयर दुई करोड नौ लाख युरो (तीन अर्ब ९८ करोड रुपैया“) मा टेलियासोनेरा नर्वे नेपाल होल्डिङले नै पुनः खरिद ग¥यो । त्यसबेला एनसेलमा विभिन्न कम्पनीमार्फत् टेलियासोनेरा नर्वे नेपाल होल्डिङले लगानी गरेको थियो । एयरबेलमा जस्तै एनसेल, सुमार्गी र जोधार इन्भेष्टमेन्ट कम्पनी पनि आपसमा जोडिएका छन् । जोधारबाट २६ पटकमा चार करोड ८३ लाख ७२ हजार दुई सय २२ अमेरिकी डलर (चार अर्ब ८३ करोड ७२ लाख २२ हजार दुई सय १० रुपैया“) रकम सुमार्गीले विदेशी लगानीको अनुमति नलिई नेपाल भिœयाएको जनआस्थामा खवर छ ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



