

इशारा गर्ने कर्मचारी अख्तियारमा
ईशाराले बोलेबापत एकजना कर्मचारी अहिले अख्तियारको फन्दामा परेका छन् ।
-
काठमाडौं ।
ईशाराले बोलेबापत एकजना कर्मचारी अहिले अख्तियारको फन्दामा परेका छन् ।
News Desk 0 response बुधबार, जेष्ठ १, २०७६
वैशाखको दोस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित चार विदेशीमध्ये दुईले फल्स बटममा हालेर ल्याउँदा ती सुन ईशारा गरेर सोफाको बीचमा फ्याँक्न लगाउने भन्सार कर्मचारीविरुद्ध डोमा शेर्पाले अख्तियार गुहारेकी छन् । उनी भन्सार कार्यालयकी कार्यालय सहयोगी हुन् । दिउँसो १२ः५० बजे थाई एयरलाइन्सबाट ओर्लिएकी ४५ वर्षीया कम्बोडियन महिला थिएवी युवाई र भियतनामकी ६९ वर्षीया भोथी नुवोईबाट प्रहरीले सुन बरामद गरेको थियो । कम्बोडियन महिलाबाट नौ सय ३५ ग्राम (चार थान बाला, एक थान लकेट) र भियतनामी भोथीबाट दुई–दुई थान लकेट र बाला गरी जम्मा सात सय ४८ ग्राम सुन प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले सर्टको बाहुला जोड्ने ठाउँमा सुन लुकाएका थिए । मेटल डिटेक्टरले चेक गर्दा ‘टुँ–टुँ’ आवाज आउने, तर सामान नभेटिने भएपछि शरीर खानतलास गरिएको थियो । प्रहरीले सुन फेला नपार्दै सोफाको बीचमा सुटुक्क फ्याँकेपछि उनीहरु पक्राउ परेका हुन् । सिसिटिभीको फुटेज अध्ययनका क्रममा कर्मचारीले इशारा गर्दै उनीहरुसँग रहेको सुन सोफाको बीचमा फाल्न भनेको भेटिएको थियो । प्रहरीले सोध्दा ‘ती सामान यहाँ नभेटिए पनि डाक्टरले पत्ता लगाउने कारण निकाल्नुस्’ भनेको बताएका थिए । तर, गतिविधि शंकास्पद देखिएपछि कर्मचारीलाई अख्तियार पठाइएको छ । अख्तियारले इन्स्पेक्टर भिषणबाबु राईलाई उक्त घटनाको अनुसन्धान अधिकृत तोकेको छ ।
त्यस्तै, चिकित्सा शिक्षातर्फ विदेशी विद्यार्थीको लागि छुट्टयाइएको कोटामा महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (टिचिङ) ले नेपालीलाई नै पढाएको भनी अर्को उजुरी परेको छ । त्यसबारे छानवीन गरी तीन महिनाभित्र रिपोर्ट पेश गर्ने म्यादसहित एसपी प्रविण पोखरेललाई अनुसन्धान अधिकृत तोकिएको जनआस्थामा खवर छ ।

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



