

सेनामा अनलाइन सर्टिफिकेट पेश गर्नेको सातो गयो
तीनतारे जर्नेल भइसकेकालाई आ–आफ्नो क्षेत्रको कामको अनुगमन गर्ने गरी सम्मान गरेजस्तो गर्न लागिएको छ । यसैक्रममा गौरवसमशेरको पालामा प्रधानसेनापति हुनबाट रोकिएका, पूर्वप्रधानसेनापति गडुलसमशेर राणाका ज्वाइँ नेपालभूषण चन्द कर्णाली र सुदूरपश्चिम प्रदेशस्थित माइक्रो बैंकिङ, ऋणको सुविधाजस्ता कामको अनुगमन गर्ने गरी तोकिएका छन् । यसले गर्दा सेनाप्रति भूपूहरुको माया बढ्ने, गल ब्लयाडरको अपरेशन गराई पूर्व भारतीय सेनाध्यक्ष दलवीर सिंहको स्वागतमा समेत खटिन भ्याएको बहालवाला सैनिक नेतृत्वले अग्रजप्रति सम्मान प्रकट गर्दछ भन्ने सन्देश जाँदैछ ।
-
काठमाडौं ।
स्नातकको अनलाइन सर्टिफिकेट पेश गरेका मधुकर कार्कीको प्रधानसेनापति हुने बाटो छेकिँदैछ । पूर्वमाओवादी पृष्ठभूमिका यमबहादुर अधिकारी (प्रतिक्षा) लाई पछि पारेर मधुकरलाई प्रधानसेनापति बनाउने गरी बढुवा दिइँदैछ भन्ने समाचार सम्प्रेषित भएको थियो ।
News Desk 0 response सोमवार, बैशाख ३०, २०७६
दरबार हत्याकाण्डको बेला घटनास्थलमै उपस्थित भएर पनि राजा वीरेन्द्र, युवराज दीपेन्द्रलाई जोगाउन नसकेबापत राजु कार्की, गजेन्द्र बोहोरा, सुन्दरप्रताप रानाहरु बर्खास्त हुने । तर, अधिराजकुमार निराजनलाई जोगाउन नसक्ने मधुकर कार्की उल्टै पुरस्कृत भएर ज्ञानेन्द्रको एडिसीमा सर्लक्कै बढुवा र सरुवा हुने अस्वाभाविक घटना भएको थियो । अब उनलाई मात्रै होइन, उनीजस्ता अरु थुप्रैलाई जोगाउनै नसकिने गरी शैक्षिक प्रमाणपत्रका छिद्र केलाइँदैछ । मधुकर भएनन् भने सशस्त्र द्वन्द्वकालमा मजैले खटिने रेञ्जर गणका अनुपजंग थापाको खप्पर बलियो देखिन्छ ।
अहिले वैशाखमा विवाहको सिजन छ । जर्नेलका छोरीहरुको विवाहको लहरै छ । जंगी अड्डाले सामाजिक सदाचार कार्यविधि नै बनाएर विवाह, भोज र जमघटहरुमा नियन्त्रण गरेको छ । त्यसअनुसार, विवाहका नाममा जिन्सी उपहार लिने र दिने कामलाई निषेध गरिएको छ । तर, नगदमाथि कसले नियन्त्रण गरोस् ? हालै महासेनानीबाट अवकास पाएका हेमन्त शर्माकी छोरीको भर्खरै विवाह भयो । कल्याणकारीका मानार्थ उपरथी धनिराज कार्कीकी छोरीको विवाह पनि उस्तै रमाइलोसँग सकियो । पोहोर देवकुमार सुवेदीकै शैलीमा डिजिएमआई (सैनिक गुप्तचर) प्रमुख झंकरबहादुर कडायतकी डाक्टर छोरीको पनि विवाह आउँदैछ । जतिसुकै कडाइ गरिए पनि बाहिनी, पृतनाहरुबाट कोसेली पुग्ने चलन रोकिएो पाइन्न ।
उता, तीनतारे जर्नेल भइसकेकालाई आ–आफ्नो क्षेत्रको कामको अनुगमन गर्ने गरी सम्मान गरेजस्तो गर्न लागिएको छ । यसैक्रममा गौरवसमशेरको पालामा प्रधानसेनापति हुनबाट रोकिएका, पूर्वप्रधानसेनापति गडुलसमशेर राणाका ज्वाइँ नेपालभूषण चन्द कर्णाली र सुदूरपश्चिम प्रदेशस्थित माइक्रो बैंकिङ, ऋणको सुविधाजस्ता कामको अनुगमन गर्ने गरी तोकिएका छन् । यसले गर्दा सेनाप्रति भूपूहरुको माया बढ्ने, गल ब्लयाडरको अपरेशन गराई पूर्व भारतीय सेनाध्यक्ष दलवीर सिंहको स्वागतमा समेत खटिन भ्याएको बहालवाला सैनिक नेतृत्वले अग्रजप्रति सम्मान प्रकट गर्दछ भन्ने सन्देश जाँदैछ ।

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



