

सुरक्षाकर्मी दुरुपयोग गर्दै चाकडीमा शसस्त्र प्रहरी प्रमुख
सशस्त्र प्रहरीको दुरुपयोग गरी नेतादेखि ब्यापारी, ठेकेदार र बीचौलियाको घर घरमा सुरक्षाकर्मी र चालक पठाउने खनालले गर्दा नेपाल प्रहरीलाई पनि समस्या परेको छ । प्रहरीका एक अधिकारीको दुखेसो छ –‘प्रधानमन्त्रीको निर्देशन अनुसार नियमविपरीत दिइएका सुरक्षाकर्मी फिर्ता लिइयो । तर हामीले फिर्ता गरेको भोलिपल्टै सशस्त्रले दिएपछि संवैधानिक निकायका पदाधिकारीहरु प्रहरीसँग रुष्ट भए । एउटा निकायले फिर्ता गर्ने अर्को निकायले दिने हुनुभएन । आखिर दुवै सुरक्षा निकायमध्ये जहाँबाट दिए पनि सरकारी स्रोतको दुरुपयोग नै हो ।’
-
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नेपाल प्रहरीले भीआईपी र उच्च सुरक्षा निकायका अधिकारीका घरमा नियमविपरीत रहेका सयौं सुरक्षाकर्मी फिर्ता ग¥यो । भीआइपीको सुरक्षा व्यवस्थाका लागि बनाइएको कार्यविधिविपरीत राजनीतिक दलका नेतादेखि ब्यापारीसम्मलाई दिएका सुरक्षाकर्मी र सवारी चालक प्रहरीले फिर्ता गर्न सुरु ग¥यो । तर सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले प्रहरीले सुरक्षाकर्मी फिर्ता गरेका भीआइपीहरुको घरघरमा जाने र आफूले पठाउने भन्दै चाकरी गर्न थालेका छन् ।
सशस्त्रका आइजीपी खनालले नेपाला प्रहरीको सुरक्षा लिने संबैधानिक निकाय पदाधिकारीदेखि नेताहरुकोमा पनि ‘प्रहरीले फिर्ता गरेछ, म सशस्त्रबाट पठाउँछु’ भन्दै सुरक्षाकर्मी र सवारी चालकसमेत दिन थालेका छन् । सशस्त्रको आइजीपी सचिवालयमा काजमा तान्दै उनले नेता, संवैधानिक निकायका पदाधिकारी र शक्तिकेन्द्रमा सुरक्षाकर्मी उपलब्ध गराउन थालेका छन् ।
मुख्यमन्त्रीहरूले प्रदेशमा सुरक्षाकर्मी अभाव भएको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले २०७४ चैत ७ मा भीआईपीका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएका थिए । तर प्रधानमन्त्रीको निर्देशनको पालना गर्दै प्रहरीले सुरक्षाकर्मी फिर्ता गर्ने तर सशस्त्रले दिने गरेको छ । सशस्त्र प्रहरी बलका आइजीपी खनालले नेपाल प्रहरीले सुरक्षाकर्मी फिर्ता गरेको थाहा पाउनासाथ चाकरी गर्न पुग्ने र भोलिपल्टै पठाउने गरेका छन् ।
सशस्त्र प्रहरीको गठन बडीगार्डका रुपमा नेता वा ब्यापारी ठेकेदारको घरमा सुरक्षा गर्नका लागि गठन भएको होइन, अर्धसैनिक बल हो । तर शैलेन्द्र खनालले यसलाई अर्धसैैनिक बलको रुपमा होइन, निजी सेक्युरिटी कम्पनी जस्तै बनाएका छन् । सशस्त्र प्रहरी सुरक्षा निकाय हो । त्यसका आफ्नै नीति नियम छन् । ती नीति नियमभित्र रहेर सशस्त्र प्रहरी परिचालन गर्नुपर्ने हो । तर सशस्त्रका आइजीपी खनालले प्रहरीले नियम विपरीत भनेर सुरक्षाकर्मी फिर्ता गरिएकाहरुको घर घरमा तुरुन्त पठाउन तल्लीन छन् ।
सशस्त्र आइजीपी खनालले उनका साढु स्वच्छन्द निर्माण सेवाका संचालक जयराम लामिछानेलाई सवारी चालक र पीएसओ दिएका छन् । लामिछाने निर्माण ब्यवसायी महासंघका पूर्वअध्यक्ष पनि हुन् । फोर्सको दुरुपयोग गर्दै ठेकेदार लामिछानेलाई उनले सुरक्षाकर्मी र चालक उपलब्ध गराएको स्रोतले बताएको छ ।
त्यसैगरी, ब्यापारी उपेन्द्र महतोलाई नेपाल प्रहरीले दिएको सुरक्षाकर्मी उनलाई कुनै थ्रेट नभएकाले फिर्ता ग¥यो । तर पावर ब्रोकरका रुपमा चिनिने महतोलाई आइजीपी खनालले तुरुन्तै सशस्त्र प्रहरीबाट गार्ड र ड्राइभर पठाइदिएका छन् । विवादास्पद कांग्रेस सांसद अमरेशकुमार सिंहलाई उनले फेरि सुरक्षाकर्मी दिएका छन् । यसअघि धेरै विवाद भएपछि उनले फिर्ता लिएका थिए । अहिले पुनः पठाइसकेका छन् । त्यसका अलावा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, डा। प्रकाशशरण महतलाई पनि सुरक्षाकर्मी र चालक दिइरहेका छन् ।
सशस्त्र प्रहरी संगठनका सयौं सुरक्षाकर्मी र सवारी चालकहरुलाई खनालले आइजीपी सचिवालयमा काजमा राखी नेता र भीआइपीहरुको चाकरीमा पठाउने गरेका छन् । स्रोतका अनुसार सचिवालयमा काजमा राखिएका सशस्त्र प्रहरीको विवरण माग्ने हो भने सुरक्षाकर्मी कसरी दुरुपयोग गरिएको छ भन्ने छर्लङ्ग हुनेछ । रेकर्डमा नदेखाई उनले नेतादेखि विभिन्न ब्यक्तिलाई नियमविपरीत सुरक्षाकर्मी र चालक दिने गरेको स्रोतको दाबी छ ।
सशस्त्र प्रहरीको दुरुपयोग गरी नेतादेखि ब्यापारी, ठेकेदार र बीचौलियाको घर घरमा सुरक्षाकर्मी र चालक पठाउने खनालले गर्दा नेपाल प्रहरीलाई पनि समस्या परेको छ । प्रहरीका एक अधिकारीको दुखेसो छ –‘प्रधानमन्त्रीको निर्देशन अनुसार नियमविपरीत दिइएका सुरक्षाकर्मी फिर्ता लिइयो । तर हामीले फिर्ता गरेको भोलिपल्टै सशस्त्रले दिएपछि संवैधानिक निकायका पदाधिकारीहरु प्रहरीसँग रुष्ट भए । एउटा निकायले फिर्ता गर्ने अर्को निकायले दिने हुनुभएन । आखिर दुवै सुरक्षा निकायमध्ये जहाँबाट दिए पनि सरकारी स्रोतको दुरुपयोग नै हो ।’ साँघु साप्ताहिकबाट ।
News Desk 0 response सोमवार, बैशाख ३०, २०७६

सम्बन्धित शीर्षकहरु
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहिबार, बैशाख ३, २०८३
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा समितिमा कांग्रेसलाई समर्थन गर्ने
बिहिबार, बैशाख ३, २०८३-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने..
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
विश्वकपमा इरानको सहभागिता सुनिश्चित : फिफा अध्यक्ष
बिहिबार, बैशाख ३, २०८३
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३ -
यूएईले १२८ जना नेपालीलाई आममाफी दियो
बुधबार, बैशाख २, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
अमेरिका र इरानबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत
बुधबार, चैत्र २५, २०८२ -
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
बुधबार, चैत्र २५, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाडौंमा..
बुधबार, चैत्र २५, २०८२



