

एकजना लेखापालको ५ करोड १० लाख ३३ हजार अबैध सम्पत्ति
यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीलाई अकुत सम्पति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी )¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति राखेका थिए।
-
काठमाडौं ।
एकजना लेखापालले भ्रष्टाचार गरेर ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीलाई अकुत सम्पति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी )¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति राखेका थिए।
लेखापाल अधिकारीले उक्त सम्पत्तिको स्रोतसमेत खुलाउन नसकेकाले अख्तियारले उनी विरुद्द भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर मबोजिम मुद्दा दायर गरेको जनाएको छ।त्यसपछि २०६० जेठ २६ गतेदेखि २०६५ चैत २९ गतेसम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ मा कार्यरत रहेका थिए। टेलिकममा सेवा गरिसकेपछि २०६५ चैत ३० मा निजामती सेवाको लेखापाल पदमा अधिकारीले नयाँ नियुक्ति लिएका थिए। त्यसबेला कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर हुँदै मिति २०६७ चैत २० गते २०७४ वैशाख ६ गतेसम्म सम्म यातायात व्यवस्था कार्यालय, इटहरीमा लेखापालको पदमा कार्यरत थिए।
उनले पाउने तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री¸ नगद अंश भर्पाई, कर्जालगायतबाट कुल ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आम्दानी हुन आउँछ।
उक्त चलअचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दातलगायत गरी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ। उनको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८सय ८५ देखिएको तर ५ करोड १० लाख ३३ हजार ६ सय ३३ रुपैयाँ अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारले जनाएको छ।
News Desk 0 response सोमवार, बैशाख २३, २०७६


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९