• भारतले नाकाबन्दी लगाएका बेला केही मौन भए वा थोरै विपक्षामा उभिए, बहुसंख्यक मानिस एकताबद्द थिए । त्यो एकता अभूतपूर्व थियो, त्यसले राष्ट्रिय एकताको सन्देश दियो । मुलुक एकताबद्ध हुने छाँट थियो त्यो । तर,टिकेन, त्यो एकता । पछिल्लो समय एमाले र एमाओवादीको एकता भयो, खुशी हुनैपर्छ ।
    तर, त्यो एकता गणितमा मात्रै भएको छ । मनमा देखिएन । बिचारमा भेट्न गाह्रो भईरहेको छ । यसमा भावनात्मक एकता किन हुन सकेन ? मन किन जोडिन्न ? मन जोड्ने र सम्मृद्धिको योगदानको प्रतिष्पर्धामा बिचलित गराउने को हुन ? किन पहिचान हुन्न ? र, उनीहरुलाई ‘साईड’ लगाईन्न ? किन त्यस्ता तत्व सँधै हाबी छन ? किन पर्गेल्न सकिन्न ? सत्ययूगमा नारदहरु थिए । अहिले पनि छन्,अझ धेरै ।
    ती नारदहरु दुई खुट्टामा उभिन्छन् । भात खान्छन्, । ‘ब्राण्डेड पहिरन’मा सजिन्छन र,मानिसका ब्राण्ड बिगार्छन । समग्रमा घाटा मुलुकलाई हुन्छ । त्यो स्वतन्त्रताको जामा लगाएर स्वछन्दताको भट्टी चलाईरहेका चटकेहरुको काम हो ।
    उनीहरु कुकुरबाट प्रेरित हुन्छन । सुँघ्छन्, जुत्ता चाट्छन्, केही नपाउने देखे हड्डी नपाएको कुकुर झै घुर्छन र घुर्काउँछन पनि । घुर्ने तरिका पनि बिचित्र खालका छन् ।
    सामाजिक सञ्जालमा भोमिट गर्छन । तुष पोख्छन । ‘मिडिया मेनुपुलेसन’ गर्छन् । त्यही बाट दाह्रा किट्छन् । त्यसमा उच्च पदस्थदेखि ‘बायो मेट्रीक’ दिँदा औंला तेस्र्याउनु पर्ने ल्याप्चे पनि पर्दछन् । तर, उनीहरु समाजमा धाँजा फटाउन सफल छन् ।
    केही दृष्टान्त हेरौं –
    केही दिन अघि एउटा चोर पक्राउ प¥यो । काठमाडौंको रानीबारीमा । उसको मोबाईलामा एक जना प्रहरी अधिकारीको मोबाईल नम्बर भेटियो । म्यासेज भेटियो । विषय अनुसन्धानकै थियो । अनुसन्धानका धेरै विषय गोप्य राखिन्छन् । तर, यहाँ घटनाको प्रकृति, अनुसन्धानको नतिजा भन्दा आफ्नै मान्छेको तेजोबध गर्न सूचना बाहिर ल्याउने, समाचार लेखाउने काम भयो । त्यस कार्यमा केही मिडिया पनि राम्रै प्रयोग भए । त्यसमा नेपाल प्रहरीले गम्भिर अनुसन्धान गर्ला । ढाक्न खोजिएको कुरा चाँही अर्कै रहेछ । हिरासतमा रहेका ब्यक्तिलाई जबरजस्त बकाउन दिईएको यातना लुकाउन एकजा अधिकृतलाई डाम्ने र डमाउने काम शुरु भएको रहेछ ।
    सुन्न पनि न सकिने र नसुहाउने पासबिक यातना दिने र आफैं सूचना चुहाएर अरुको ‘करियर’मा होली खेल्नेहरु तथा गोपनियताको शपथ खाएर बक्दै हिड्ने दोषी चाँडै सार्बजनिक हुने छ । यो त्यही नारद चरित्रको उपज हो, दण्डित गरिनुपर्छ । सँगै पत्रकारिता दुरुपयोग गर्नेहरु पनि पर्गेलिने छन् । यो एउटा सानो कुरा भयो । अर्को ठूलो मुद्दा हेरौं । अहिले बालुवाटार जग्गाको निकै चर्चा छ ।
    ५ हजार भन्दा धेरै मानिसको नाम देखिँदै छ । दुई दशक लामो शासनको ‘डेलिभरि’ यही होला । केही मानिसहरु जन्मदेखि जम्मा गरेर राखेको रिस पोख्दैछन् । दुखको कुरा केही अभियानकारी र ‘पोपटहरु’ ५ हजार मान्छे चिन्दैनन् । र, एकै ब्यक्ति बिष्णु पौडेललाई सबैको अपजस भिराउदै छ्न्, आखिर किन ? किनभने यहाँ उही नारदीय चरित्रको बाहुल्यता छ ।
    दोषी प्रधानमन्त्री भएपनि कार्वाही हुनै पर्छ । यो कानुनमा ब्यवस्था भएको कुरा हो । हाम्रो संबिधानमा सम्पत्तिको हक सुरक्षित छ । सोही हक बमोजिम श्रेस्ता हेरेर सम्पत्ति खरिद गरेकै कारण कसैको उचाई घटाउने कार्य पनि समाज विभाजनकारीहरुको हर्कत हो ।
    यहाँ पनि नेकपाका महासचिब बिष्णु पौडेलको बिरुद्द रिस पोख्नेले ‘मुते न्यानो’ अनुभूति गर्ने मात्रै देखिन्छ । या मुद्दा ओझेल पार्ने खेलाडीहरुले भए भरको शक्ति महासचिब पौडेल बिरुद्ध खन्याएर मूल मुद्दावाट राज्यको ध्यान अन्यत्रै हटाउन खोज्दैछन् ।
    नेता पौडेलसँग क्षमताका आधारमा लड्ने हुती नभएकाहरु बालुवाटारको जग्गा अघि सारेर सिँघौरी खेल्दै छन् । हारेको बहर गोरु झै, दगुर्ने ठाँउमा उभिएर डुक्रिदै छन् ।
    उनीहरु महासचिबलाई दोषी देखाएर नेकपा सरकारले थालेको अनुसन्धान रोक्न वा ध्यान अन्यत्रै मोड्न चाहन्छन । र, उनीहरु ती भूमाफियाबाट पालिएका वा परिचालित हुनुपर्छ । एकजना नेता बिष्णु पौडेल ८ आना जग्गा नहुँदा सडकमा आउनु परे हाँसेर आउन तयार छन् । तर, उनको उचाई घटाउने दिवा स्वप्नद्रष्टाधारीले ओली सरकारले थालेको अनुसन्धानबाट अत्तालिएर ध्यान अन्यत्र मोडेर अनुसन्धान प्रभावित पर्न खोजेका छन् । त्यसमा सरकार सचेत हुनु पर्छ । यो त्यही नारद चरित्रको उपज हो, समाजमा देखिने दुईखुट्टेहरुको काम हो । हो त्यस्ता पात्र दण्डित गरिनु पर्छ । अनि समाज स्वच्छ हुन्छ । नत्र तिनीहरु बिरालोले बच्चा सारेझै स्वार्थका शरणार्थी क्याम्प सार्छन् । कहिले झापा, कहिले चितवन, कहिले रुपन्देही, कहिले दाङ त कहिले बर्दिया स्वार्थका शरणार्थी शिबिर सार्दै गर्छन् । समाज भाँडी रहन्छन् । दुषित बनाई रहन्छन् ।
    कतिपयलाई महासचिव पद हरण भएको रिस होला । कसैलाई महसचिब पौडेलको अग्लिदै गएको कदले ओसेपमा परेर खिम्रीदै जानु परेको पीडाको लघुताभाषले ऐठन परेको पनि हुन सक्छ । त्यस्को रिस पोख्ने अभ्यासमा सरकारले थालनी गरेको अनुसन्धाननै अन्यत्र मोड्ने हर्कत छाड्नु पर्छ । र, मिडियाले त्यसमा सहयोगीको भूमिका खेल्नु पर्छ । फेरी पनि केही मानिसहरु महासचिवविरुद्ध आफ्नो पेशा हाँसी÷हाँसी ‘यूज’ गराउँदै छन्, जुन भयानक र बिडम्बना पूर्ण हर्कत हो । जसले भविष्यमा मीडियाप्रति विश्वसनीयता र दुरुपयोगको ४ धारे तरवार झुण्ड्याई रहनेछ । प्रेस ‘फ्री’ हुनु पर्छ तर मनपरी वा कसैको तेजोबध गर्ने साधनका रूपमा प्रयोग हुनु दुखद कुरा हो । छाडा हुने हक संबिधानले दिएको छैन । त्यो परिकल्पना गणतन्त्रले गर्दैन ।
    केही महिना अघि एउटा तस्विर बाहिर आयो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीको तातोपानीमा स्नान गरेको तस्बिर । त्यस्ले पनि समाज छाडा र चिरा÷चिरा पारेको देखाउँछ ।
    अमेरिकी राष्ट्रपति पनि ‘भ्याकेसन’ जान्छन् । उनीहरुको पनि ‘प्राईभेट लाईफ’ हुन्छ । हामी भन्दा अमेरिकीहरु बढी नै जान्ने होलान् । ‘टेक्नो स्याभी’ छन नै । खोइ त लेख्दैनन् । अमेरिकी बाँडिन्नन् त कहिल्यै, किन ? किन कि त्यहाँ सम्मान भन्ने चिजले काम गर्छ ।
    र, त्यहाँको मीडिया अक्सर जोड्ने काममा लाग्छ । हामी किन भाँड्न मात्रै तल्लिन छौ ? नियमन र कडाई हामी आफै माग्दै छौं कि भन्ने कुरामा सचेत हुनै पर्छ ।
    पूर्वप्रधानमन्त्री दाहाल अमेरिका जाँदापनि उनलाई पक्राउन,पक्रिएको समाचार लेख्न र लेखाउन नेपाली मानिसहरु बढी नै हौसिएको देखियो ।
    ती हर्कतले समाजिक एकता, राष्ट्रिय एकताको सन्देश दिन्न । हामी एकतामा बाँधिदा नै समृद्द नेपालको जग हाल्न सकौला ।