सईबाट इन्स्पेक्टर बढुवामा यस्तो भद्रगोल
नेपाल प्रहरीको सईबाट इन्स्पेक्टर बढुवामा सशस्त्र द्वन्द्वकालमा जागिर छाड्नेहरू छुटेपछि टाउको दुखाइको विषय बनेको छ । शान्तिप्रक्रिया शुरु भएपछि जागिर जोड्ने १८ भगौडामध्ये वैशाख १० को बढुवा सूचीमा ६ जना परेका छन् । बाँकी १२ जना छुटेपछि गृहस्थित बढुवाउपरको उजुरी सुन्ने समितिमा त्यस्तो समस्या आएको हो । यदि समितिले न्याय नदिएमा अदालत जाने भनी उनीहरू कराइरहेका छन् ।
-
काठमाडौं ।

News Desk 0 response बुधबार, बैशाख १८, २०७६
५४ जना असईलाई सईमा बढुवा गर्ने क्रममा ०५५ कात्तिक १ गते असईमा भर्ना भई ०६० देखि ०६१ को वैशाख, जेठ र असोजमा सईमा बढुवा पाउनेहरू यसचोटि इन्स्पेक्टर भएका हुन् । बढुवा क्रममा कतिपय शक्तिकेन्द्रको साथका कारण परेका छन् भने शक्तिकेन्द्र साथमा भएर पनि कतिपयले ‘न्याय’ पाएनन् । अघिल्लो बढुवाका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा नेता वामदेव गौतमका पिएसओ जयनेपाल थापा छुटेका थिए । नाताले वामदेवकै भाइ पर्ने प्रकाश अर्याल आइजी भएको बेला उनको सिफारिस कार्यान्वयन भएन । यसचोटिका आइजी सर्वेन्द्र खनालले सात नम्बरमा हालिदिए । तर, थुप्रै ब्याचीलाई पछार्दै झलनाथ खनालका पिएसओ बाबुराम बस्नेतले ४८ नम्बरमा बाजी मारे । यही बढुवामा आइजी खनालको सानिमाका छोरा मुनेन्द्र थापाले पनि अन्तिम नम्बरमा बाजी मारे । यो बढुवामा नेताहरूको पिएसओभन्दा अदालतमा खटिएका अंगरक्षक बलिया देखिए । विभिन्न न्यायाधीशको सेवा गरेका जानुकादेवी खरेल, कृष्णदेवप्रसाद साह, कमलकुमार लुंगेली, दुर्गा खनालहरू इन्स्पेक्टर भएका छन् । यो बढुवा मूलतः ०६० र ०६१ को बैशाखसम्म सई हुनेहरूलाई समेट्ने योजनाका साथ तयारी गरिएको थियो । तर, शक्तिकेन्द्रको तीव्र दबाबका कारण ०५५ मा भर्ना भएका ८२ जना असईको टोली टुक्राटुक्रा भएको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३

राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३