सरकारले खोज्न थाल्यो रिक्त दरवन्दीको बिवरण
मन्त्रालयले बुधबार देशभरका स्थानीय तहलाई पत्र लेख्दै यथाशीघ्र रिक्त दरबन्दीको विवरण पठाउन भनेको छ। मन्त्रालयले लेखेको पत्रमा विगतमा विवरण पठाएका स्थानीय तहको हकमा पनि तोकिएको ढाँचामा विवरण पठाउन भनिएको छ।
-
काठमाडौं ।
सरकारले कर्मचारी समायोजनपश्चात रिक्त दरबन्दीको विवरण पठाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ। कर्मचारी समायोजनसँगै स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी अपुग भएपछि रिक्त दरबन्दीमा पदपूर्ति प्रक्रिया अघि बढाउन सरकारले स्थानीय तहसँग विवरण मागेको हो।
मन्त्रालयले बुधबार देशभरका स्थानीय तहलाई पत्र लेख्दै यथाशीघ्र रिक्त दरबन्दीको विवरण पठाउन भनेको छ। मन्त्रालयले लेखेको पत्रमा विगतमा विवरण पठाएका स्थानीय तहको हकमा पनि तोकिएको ढाँचामा विवरण पठाउन भनिएको छ।
सोअनुसार अब स्थानीय तहहरूले दरबन्दी रहेका पद, तह, सेवा, समुह, उपसमुह, स्वीकृत दरबन्दी, साविक स्थानीय तहबाट समायोजन, निजामती सेवाबाट समायोजन, जिल्ला समन्वय समितिबाट समायोजन, अन्य सेवाबाट समायोजन, रिक्त पदसंख्या, पदपूर्तिका लागि अनुरोध गरिएको संख्यासमेत खुलाई मन्त्रालयमा पठाउनुपर्नेछ। विवरण पठाउँदा स्थानीय तहले प्रदेश, जिल्ला, स्थानीय तह खुलाई स्थानीय तहको अध्यक्ष वा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरणसमेत गराउनुपर्नेछ।
निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दा स्थानीय तहमा ठूलो मात्रामा कर्मचारी अभाव देखिएपछि अब फास्ट ट्र्याकबाट कर्मचारी पदपूर्तिको प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई आग्रह गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताउँदै आएको छ।
News Desk 0 response शनिबार, बैशाख १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
शुक्रबार, माघ १३, २०७९ -
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९

धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९