सरकारले खोज्न थाल्यो रिक्त दरवन्दीको बिवरण
मन्त्रालयले बुधबार देशभरका स्थानीय तहलाई पत्र लेख्दै यथाशीघ्र रिक्त दरबन्दीको विवरण पठाउन भनेको छ। मन्त्रालयले लेखेको पत्रमा विगतमा विवरण पठाएका स्थानीय तहको हकमा पनि तोकिएको ढाँचामा विवरण पठाउन भनिएको छ।
-
काठमाडौं ।
सरकारले कर्मचारी समायोजनपश्चात रिक्त दरबन्दीको विवरण पठाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ। कर्मचारी समायोजनसँगै स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी अपुग भएपछि रिक्त दरबन्दीमा पदपूर्ति प्रक्रिया अघि बढाउन सरकारले स्थानीय तहसँग विवरण मागेको हो।
मन्त्रालयले बुधबार देशभरका स्थानीय तहलाई पत्र लेख्दै यथाशीघ्र रिक्त दरबन्दीको विवरण पठाउन भनेको छ। मन्त्रालयले लेखेको पत्रमा विगतमा विवरण पठाएका स्थानीय तहको हकमा पनि तोकिएको ढाँचामा विवरण पठाउन भनिएको छ।
सोअनुसार अब स्थानीय तहहरूले दरबन्दी रहेका पद, तह, सेवा, समुह, उपसमुह, स्वीकृत दरबन्दी, साविक स्थानीय तहबाट समायोजन, निजामती सेवाबाट समायोजन, जिल्ला समन्वय समितिबाट समायोजन, अन्य सेवाबाट समायोजन, रिक्त पदसंख्या, पदपूर्तिका लागि अनुरोध गरिएको संख्यासमेत खुलाई मन्त्रालयमा पठाउनुपर्नेछ। विवरण पठाउँदा स्थानीय तहले प्रदेश, जिल्ला, स्थानीय तह खुलाई स्थानीय तहको अध्यक्ष वा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरणसमेत गराउनुपर्नेछ।
निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दा स्थानीय तहमा ठूलो मात्रामा कर्मचारी अभाव देखिएपछि अब फास्ट ट्र्याकबाट कर्मचारी पदपूर्तिको प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई आग्रह गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताउँदै आएको छ।
News Desk 0 response शनिबार, बैशाख १४, २०७६

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३