

-
काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी कार्यक्रम अभियानको रूपमा आएको र राम्रो सन्देश दिन खोजेको बताएका छन् । सरोकारवाला निकायहरुसंग साझेदारी गर्दै यसलाई अझै सशक्त ढंगले अगाडि बढाउनुपर्नेमा खनालले जोड दिए। प्रदेश दुईस्तरीय सुरक्षा गोष्ठीमा प्रदेश २ मा देशकै लाइफलाइनको रूपमा रहेकोले राजमार्ग बन्द जस्ता अवाञ्छित गैरकानुनी क्रियाकलाप हुन नदिनेतर्फ तथा संगठित अपराध र चोरी तस्करी नियन्त्रणमा सबै सुरक्षा निकायको समन्वयकारी भूमिका हुनुपर्ने प्रहरी महानिरीक्षक खनालले धारणा राखे। सीमाक्षेत्रबाट भित्रिने अवैध हातहतियार तथा खरखजाना, लागू औषध ओसारपसार, मानव बेचबिखन, तस्करी जस्ता गतिविधिविरुद्ध कडा रूपमा प्रस्तुत हुन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए। गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले आआफ्नो विभागको तर्फबाट प्रस्तुति दिए। साथै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी, सहसचिव इन्दु घिमिरे लगायतले शान्ति सुरक्षा, विपद व्यवस्थापन र राष्ट्रिय परिचयपत्र कार्यक्रमसम्बन्धी प्रस्तुति दिए। गोष्ठीमा प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायत विषयमा छलफल गरिएको थियो।
News Desk 0 response शनिबार, बैशाख १४, २०७६


सम्बन्धित शीर्षकहरु
-
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९
-
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९