

बर्चस्व कायम गर्न ७० पार गरेका काँग्रेस नेता देश दौडाहामा
उमेरले ७२ नाघेका देउवा कतिपय ठाँउमा हिडेरै कार्यक्रम स्थलमा पुगे । यस्तै सक्रियता वरिष्ठ नेता रामचन्द्र पौडलेको पनि छ । ७४ वर्षिय पौडेल पनि चैतमा ८ भन्दा बढी जिल्ला पुगेर कार्यकर्ता आफुतिर तान्न प्रयास गरे ।
-
काठमाडौं ।
नेपाली कांग्रेसको महाधिवेशन आउन अझै दुई वर्ष बाँकी छ । तर पार्टीको भावी नेतृत्वमा स्थापित हुन उमेरले ७० पार गरेका दुई शीर्ष नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको देश दौडाहा भने अनौठो छ ।
नयाँ पुस्ताका नेताहरुले नेतृत्व हस्तान्तरणको मुद्दा जोडतोडका साथ उठाउन थालेपछि दुवै नेताले देश दौडाहा तिव्र पारेका हुन् । सभापति शेरबहादुर देउवाले चैतमा मात्र १४ भन्दा बढी जिल्ला पुगेर दर्जनौँ कार्यक्रम गरे ।
उमेरले ७२ नाघेका देउवा कतिपय ठाँउमा हिडेरै कार्यक्रम स्थलमा पुगे । यस्तै सक्रियता वरिष्ठ नेता रामचन्द्र पौडलेको पनि छ । ७४ वर्षिय पौडेल पनि चैतमा ८ भन्दा बढी जिल्ला पुगेर कार्यकर्ता आफुतिर तान्न प्रयास गरे । दुवैको दौडधुप आफ्नो धरातल नाप्न र पार्टी भित्रको मत आफुतिर तान्नेमा केन्द्रित छ ।नेताद्वयको आगामी महिनाको भ्रमण तालिका पनि तय भैसकेको छ । बढ्दो उमेर र पार्टीभित्र नेतृत्व हस्तान्तरणको मुद्दा पेचिलो भइरहेका बेला देउवा र पौडेलले देखाएको सक्रियता आफ्नो वर्चश्व स्थापनामै मात्र केन्द्रीत छ । शिर्ष नेतृत्वको यो दौडाहालाई स्वाभाविक मान्ने तप्का भने पार्टीमा ठूलै छ ।
विद्यार्थीकालदेखि नै पार्टी राजनीतिमा समकालिन प्रतिस्पर्धी हुन् देउवा र पौडेल । पार्टीभित्र फरकफरक गुटको नेतृत्व गरिरहेका नेताद्वयका लागि पुस्तान्तरणको मुद्दाले भने झस्काएको छ ।
News Desk 0 response बिहिबार, बैशाख ५, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
खरिदारको सरुवा फागुनसम्म रोकियो
मङ्लबार, मंसिर १२, २०८०