

समायोजनका कर्मचारी तत्काल पदस्थापना नहुने
समायोजनमा अधिकांश कर्मचारी संघमै परेकाले समायोजन भएको ठाउँमा लगत्तै हाजिर गराउँदा स्थानीय तह रित्तिने देखिएपछि सरकारले यस्तो उपाय खोजेको हो । कर्मचारी दबाबका कारण संघमा आवश्यकभन्दा दोब्बर दरबन्दी सिर्जना गरी अधिकांश कर्मचारी संघमै समायोजन गरिएको छ।
-
काठमाडौं ।
कर्मचारी समायोजनपछि धेरै कर्मचारी संघमै जाने देखिएका कारण अर्को व्यवस्था नभएसम्म स्थानीय तहमा कार्यरत कर्मचारी कार्यरत स्थानमै बस्नुपर्ने भएको छ। समायोजनमा अधिकांश कर्मचारी संघमै परेकाले समायोजन भएको ठाउँमा लगत्तै हाजिर गराउँदा स्थानीय तह रित्तिने देखिएपछि सरकारले यस्तो उपाय खोजेको हो । । कर्मचारी दबाबका कारण संघमा आवश्यकभन्दा दोब्बर दरबन्दी सिर्जना गरी अधिकांश कर्मचारी संघमै समायोजन गरिएको छ।
स्थानीय तहमा कर्मचारी पूर्तिको नयाँ व्यवस्था नभएसम्म सो तहमा कार्यरत कर्मचारीको तत्काल संघमा पदस्थापना नहुने भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेशकुमार अधिकारीले कर्मचारी समायोजन भएको घोषणा भए पनि स्थानीय तहमा कार्यरत कर्मचारी समायोजन भएको पदमा तत्काल पदस्थापन नहुने बताए। ‘स्थानीय तहमा कार्यरत धेरै कर्मचारीको संघमा समायोजन भएको छ,’ सहसचिव अधिकारीले नागरिकसँग भने ‘ती कर्मचारी तत्काल संघमा पदस्थापना गर्दा स्थानीय तहको सेवा अबरुद्ध हुन जान्छ, त्यसकारण स्थानीय तहमा आवश्यक कर्मचारीको अर्को व्यवस्था भएपछि मात्रै उनीहरूको संघमा पदस्थापना हुन्छ।’ स्थानीय तहमा कर्मचारी पूर्ति गर्न लोकसेवा आयोगले छिट्टै पदपूर्तिको प्रक्रिया अघि बढाउने भएको छ।
सहसचिव अधिकारीले समायोजन भई संघमै कार्यरत कर्मचारी पदस्थापन भइसकेको बताए। उनका अनुसार स्थानीय तहमा समायोजनमा परेका कर्मचारीको समायोजन पनि दुई साताभित्र टुंग्याइने छ। अधिकारीले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको समायोजनको पत्र सम्बन्धित स्थानीय तह÷प्रदेशमै पुग्ने बताए।
सरकारले १० दिन पहिले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहमा कर्मचारी समायोजन पूरा भएको घोषणा गरेको थियो। निजामती सेवातर्फ कार्यरत १ लाख ३१ जना कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिएको थियो। तर समायोजन सकिएको घोषणा गरे पनि स्वास्थ्य सेवातर्फका कर्मचारीको विवरण भने अझै सार्वजनिक हुन सकेको छैन। साथै स्थानीय तहअन्तर्गत गरिएको समायोजनमा असहमति जनाउँदै सरकारी चिकित्सकहरू आन्दोलनमा छन्। चिकित्सकहरूको आन्दोलनका कारण मुलुकभरका स्वास्थ्य संस्थाको काम ठप्प भएको नागरिकले लेखेको छ ।
News Desk 0 response बुधबार, चैत्र २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



