

-
वीरगन्ज महानगरपालिकामा कर्मचारीको आन्दोलनका कारण आठ दिनदेखि कामकाज ठप्प छ। समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि महानरपालिकामै पुगेर आन्दोलन रोकेर काममा फर्किन कर्मचारीलाई निर्देशन दिए। उनले काममा नफर्किए कारबाही गर्ने चेतावनीसमेत दिए। तर, कर्मचारीले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताएका छन्। उल्टो उनीहरु मन्त्रीको निर्देशन र धम्कीले केही फरक नपर्ने बताउँछन् ।
स्थानीय तह कर्मचारी संघ नेपाल वीरगन्ज महानगरपालिका इकाइका अध्यक्ष मुकेश गुप्ताले माग कानुन सम्मत भुएका कारण यसको सम्बोधन नभएसम्म पछि नहट्ने प्रतिकृया दिए ।
कर्मचारीहरुले एक हप्तासम्म कामकाज ठप्प पारेपछि पुस ३० गते बसेको कार्यपालिका बैठकले कर्मचारीको माग नगरसभाबाट अनुमोदन गराएर सम्बोधनका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो।
पुस ३० को निर्णय कार्यान्वयनको माग गर्दै चैत १७ देखि फेरि कर्मचारीले महानगरपालिकामा तालाबन्दी गरेर आन्दोलन थालेका हुन्। वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले काममा नफर्किने कर्मचारीलाइ कारबाहीको चेतावनी दिएका छन्।स्थानीय तह अन्तर्गत कार्यरत पाँच सय ७० कर्मचारी चैत १७ गतेदेखि नै महानगरपालिका कार्यालयका वारुणयन्त्र महाशाखा बाहेक अरु सबै महाशाखा र शाखामा तालाबन्दी गरेर धर्नामा छन्।
महानगरपालिकामा एक सातादेखि तालाबन्दी नै गरेर कर्मचारी आन्दोलनमा रहेका कारण, कार्यालयमा पुग्ने सेवाग्राही दिनहु निराश भएर फर्किने गरेका छन्। यसका साथै विकास निर्माणका योजना र कार्यालयका प्रशासनिक कामकाज पनि प्रभावित छ।
कर्मचारीको मागको सम्बोधन संघीय कानुनसँग जोडिएको विषय भएकाले महानगरपालिकाले पूरा गर्न नसक्ने मेयर विजय सरावगीको भनाइ छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारीको माग, कानुन सम्मत नरहेकाले तत्कालै सम्बोधन हुने अवस्था नरहेको स्पष्ट पारिसकेको छ।
News Desk 0 response आइतवार, चैत्र २४, २०७५

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



