

-
वीरगन्ज महानगरपालिकामा कर्मचारीको आन्दोलनका कारण आठ दिनदेखि कामकाज ठप्प छ। समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि महानरपालिकामै पुगेर आन्दोलन रोकेर काममा फर्किन कर्मचारीलाई निर्देशन दिए। उनले काममा नफर्किए कारबाही गर्ने चेतावनीसमेत दिए। तर, कर्मचारीले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताएका छन्। उल्टो उनीहरु मन्त्रीको निर्देशन र धम्कीले केही फरक नपर्ने बताउँछन् ।
स्थानीय तह कर्मचारी संघ नेपाल वीरगन्ज महानगरपालिका इकाइका अध्यक्ष मुकेश गुप्ताले माग कानुन सम्मत भुएका कारण यसको सम्बोधन नभएसम्म पछि नहट्ने प्रतिकृया दिए ।
कर्मचारीहरुले एक हप्तासम्म कामकाज ठप्प पारेपछि पुस ३० गते बसेको कार्यपालिका बैठकले कर्मचारीको माग नगरसभाबाट अनुमोदन गराएर सम्बोधनका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो।
पुस ३० को निर्णय कार्यान्वयनको माग गर्दै चैत १७ देखि फेरि कर्मचारीले महानगरपालिकामा तालाबन्दी गरेर आन्दोलन थालेका हुन्। वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले काममा नफर्किने कर्मचारीलाइ कारबाहीको चेतावनी दिएका छन्।स्थानीय तह अन्तर्गत कार्यरत पाँच सय ७० कर्मचारी चैत १७ गतेदेखि नै महानगरपालिका कार्यालयका वारुणयन्त्र महाशाखा बाहेक अरु सबै महाशाखा र शाखामा तालाबन्दी गरेर धर्नामा छन्।
महानगरपालिकामा एक सातादेखि तालाबन्दी नै गरेर कर्मचारी आन्दोलनमा रहेका कारण, कार्यालयमा पुग्ने सेवाग्राही दिनहु निराश भएर फर्किने गरेका छन्। यसका साथै विकास निर्माणका योजना र कार्यालयका प्रशासनिक कामकाज पनि प्रभावित छ।
कर्मचारीको मागको सम्बोधन संघीय कानुनसँग जोडिएको विषय भएकाले महानगरपालिकाले पूरा गर्न नसक्ने मेयर विजय सरावगीको भनाइ छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारीको माग, कानुन सम्मत नरहेकाले तत्कालै सम्बोधन हुने अवस्था नरहेको स्पष्ट पारिसकेको छ।
News Desk 0 response आइतवार, चैत्र २४, २०७५


सम्बन्धित शीर्षकहरु

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदै
सोमवार, चैत्र ३, २०८१-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१