

-
काठमाडौं ।
न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस गरेको छ । प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्मा न्यायाधीशका लागि सिफारिस भएका छन् । उच्च अदालतको मुख्य न्यायाधीशवाट ढुंगाना र माथेमा, कानुन व्यवसायीबाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो।
परिषद्को बैठकले पूर्व अतिरिक्त न्यायाधीश, जिल्ला न्यायाधीश, न्याय समूह,कानुन समूह र कानुन व्यवसायीलाई समेट्दै नाम सिफारिस गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा बसेको परिषद् बैठकले न्याय सेवाका विशिष्ट श्रेणीबाट नायव महान्यायाधीवक्ता किरण पौडेललाई उच्च अदालत पाटन, सर्वाेच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायलाई हैटौंडा र कानुन मन्त्रालयका उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस गरेको छ।
साविक पुनरावेदन अदालत पूर्व अतिरिक्तबाट निलम पौडेल परेका छन्। जिल्ला न्यायाधीशबाट राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेज आजात, बालमुकुन्द दवाडी र नगेन्द्र लाभ कर्ण रहेका छन्।
कानुन व्यवसायीबाट जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमला सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया सिफारिसमा परेका छन्।

सम्बन्धित शीर्षकहरु
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३





