

आफैले गरेको बेरुजुमा ‘क्लिनचिट’ दिँदै मुख्यसचिव !
आफ्नो पालाको बेरुजू फछ्र्यौटमा सहयोग गरेपछि मुख्यसचिव तथा तत्कालिन गृहसचिव लोकदर्शन रेग्मीले अहिलेका प्रहरी प्रमुखलाई आठ हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गर्ने भएका छन् ।
-
काठमाडौं । गृह मन्त्रालय अन्तरगत तत्कालीन गृह सचिव नारायणगोपाल मलेगो (२०७३ साउन १ गतेदेखि २०७३ कात्तिक २० गते ) का पालामा २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रुपैयाँ बेरुजु देखिएको छ । र, अर्का तात्कालीन गृहसचिव लोकदर्शन रेग्मी ( २०७३ मंसिर १ गतेदेखि २०७४ असार ३१ गतेसम्म ) रहँदा बेरुजु रकम २ अर्ब ५३ करोड ६८ लाख ९७ रुपैयाँ रहेको थियो ।
News Desk 0 response मङ्लबार, चैत्र १९, २०७५
अहिले हालका मुख्यसचिव तथा तत्कालिन गृहसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समितिले सरकारी बेरुजु फछ्र्यौट सम्बन्धी काम गरिरहेको छ । महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३-०७४ आर्थिक वर्षको बेरुजु रकम ५ खर्ब आठ करोड रुपैयाँ रहेकाले त्यसको फछ्र्यौटका लागि नेपाल सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समिति गठन गरेर बेरुजुको अंकलाई न्यूनतम झार्ने अभियान थालेको छ । २०७३-०७४ को महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको बेरुजु मध्ये गृह मन्त्रालय अन्तरगतका ८८४ कार्यालय मध्ये ३३९ कार्यालयहरुमा बेरुजु रकमको अंक २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रहेको थियो ।
सोही सोही समितिले अहिले गृहमन्त्रालय अन्तर्गतको नेपाल प्रहरीले बेरुजू फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कार सिफारिस गरेको छ ।
नेपाल प्रहरी सम्पूर्ण सरकारी निकाय मध्ये ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल भएर सर्बोत्कृष्ट अंक प्राप्त गरेको घोषणा गरिएको छ । आफ्नो पालाको बेरुजू फछ्र्यौटमा सहयोग गरेपछि मुख्यसचिव तथा तत्कालिन गृहसचिव लोकदर्शन रेग्मीले अहिलेका प्रहरी प्रमुखलाई आठ हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गर्ने भएका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९