

कीर्ते कारोवारीलाई साथ दिने जनप्रतिनिधि र कर्मचारी
कारोबारीले बर्दिया नेउलापुरको ७ बिघाभन्दा बढी सरकारी जमिन हसन अन्सारीको नाममा दर्ता गराएका छन् । यी तिनै कीर्ते कारोबारमा नापी र मालपोतका कर्मचारीले साथ दिएको पाइएको छ । कीर्ते कारोबारीले आफ्नै समूहका सदस्यको हत्या गरेको रहस्य पनि खुलेको छ । डेढ महिना पहिले भारतमा भएको एक नेपालीको हत्याको अनुसन्धानबाट यो तथ्य खुलेपछि ११ जना पक्राउ परेका छन् ।
-
काठमाडों ।
सरकारी तथा व्यक्तिको जग्गा अर्कैको नाममा दर्ता गराउन कीर्ते कारोबारीलाई मालपोत र नापीका कर्मचारीका साथै जनप्रतिनिधिले नै साथ दिने गरेका छन् ।
सिक्टा सिंचाइ आयोजनाको यो ५ कठ्ठा १३ घुर र नेपालगन्जस्थित हनुमान मन्दिर नजिकैको ५ कठ्ठा १७ धुर सरकारी जमिन कारोबारीले कीर्ते गरेर हसरतुन निसा अन्सारी र लाली मल्लको नाममा दर्ता गराएका छन् । कारोबारीले बर्दिया नेउलापुरको ७ बिघाभन्दा बढी सरकारी जमिन हसन अन्सारीको नाममा दर्ता गराएका छन् । यी तिनै कीर्ते कारोबारमा नापी र मालपोतका कर्मचारीले साथ दिएको पाइएको छ । कीर्ते कारोबारीले आफ्नै समूहका सदस्यको हत्या गरेको रहस्य पनि खुलेको छ । डेढ महिना पहिले भारतमा भएको एक नेपालीको हत्याको अनुसन्धानबाट यो तथ्य खुलेपछि ११ जना पक्राउ परेका छन् ।
१५ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने यी जग्गा एक्लै हडप्न कारोबारीका नाइकेले माघ २१ गते आफ्नै गिरोहका जुमेद अन्सारीको भारतमा लगेर हत्या गरेको खुलेको छ । जुमेदकी पत्नी गौरी मल्लले कीर्ते कारोबारमा संलग्न कारोबारीको पर्दाफास गरेकी छन् ।जुमेदको हत्याका नाइके नेपालगन्जको न्यूरोडका जग्गा कारोबारी हुन् । उनलाई कीर्ते कारोबार गर्न कर्मचारीका साथै नेपालगन्जका जनप्रतिनिधिले समेत साथ दिएको खुलेको छ । प्रहरीले जग्गाको कीर्ते कारोबार र हत्यामा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
News Desk 0 response आइतवार, चैत्र १०, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



