

नेपाली सेनामा कोही काखा कोही पाखा
०५९ सालमा सैनिक नियम संशोधन गरेर वरिष्ठता, तालिमको मेरिट, शैक्षिक योग्यता, विदेश तालिम (स्टाफ कलेज) का आधारमा प्राथमिकता सूची तोकिएका कारण फिल्डमा ज्यान बाजी राखेर लडेकाहरुको यो दुर्गती भएको हो । भर्खर निस्किएको १२ जना एनडिसी गर्न जाने वैकल्पिकसहितको सूचीमा पनि यो झझल्को पाइन्छ । द्वन्द्वकालमा जंगीअड्डामै बसी नीति–नियम बनाउने, तालिम प्रशस्तै लिने र पत्राचार गर्ने तथा हाकिम रिझाउनेहरुले अहिले पनि अवसर पाइरहेको देखिन्छ ।
-
काठमाडौं ।
नेपाली सेनामा थुप्रै अधिकृत दुईतारे जर्नेल बन्न पाइने अवसरहरुमा सामेल हुनबाट बञ्चित हुँदै कोही घर गइसके, कोही खुम्चिएर बसेका छन् । बर्दियामा माओवादीबाट १२ वटा एलएमजी (लाइट मेसिनगन) लगायतका हतियार खोस्ने र ४० जनालाई सोत्तर पार्ने नवल शाह २७ बेसिकका अधिकृत हुन् । ‘नेपालतारा’ नामक पदकमै सिमित भए तर नेशनल डिफेन्स (एनडिसी) कलेज तालिममा जान पाएनन् । उनीभन्दा एक ब्याच सिनियर, २६ बेसिकका रमेश थापामगरले ०६१ सालमा अर्घाखाँची र गुल्मीमा थुप्रै माओवादीलाई हताहत बनाए । महासेनानी पनि नपाई घर गए । ०५९ सालमा सैनिक नियम संशोधन गरेर वरिष्ठता, तालिमको मेरिट, शैक्षिक योग्यता, विदेश तालिम (स्टाफ कलेज) का आधारमा प्राथमिकता सूची तोकिएका कारण फिल्डमा ज्यान बाजी राखेर लडेकाहरुको यो दुर्गती भएको हो । भर्खर निस्किएको १२ जना एनडिसी गर्न जाने वैकल्पिकसहितको सूचीमा पनि यो झझल्को पाइन्छ । द्वन्द्वकालमा जंगीअड्डामै बसी नीति–नियम बनाउने, तालिम प्रशस्तै लिने र पत्राचार गर्ने तथा हाकिम रिझाउनेहरुले अहिले पनि अवसर पाइरहेको देखिन्छ ।
News Desk 0 response बिहिबार, चैत्र ७, २०७५
रविसिंह गर्तौला तीनपुस्ते जर्नेलका सन्तान हुन् । एम्बुसमा परेर ज्यान गुमाए । विदेश तालिम गएर बढी नम्बर पाउने, सशस्त्र द्वन्द्वकालमा फिल्डको मुखै नदेखेका पनि फास्टट्रयाकको बलमा उक्लिई हाकिमको नजरमा परेर अहिले एनडिसी (नेशनल डिफेन्स कलेज कोर्ष) मा छानिएका छन् । पाँच वर्ष अघिसम्म आठवटा कोटा हुन्थ्यो । अहिले थपिएर १२ पुगेको छ । बढ्नुको कारण हो, चीनले चारदेखि ६ वटासम्म दिनु । उक्त कोर्षका लागि अघिल्लो वरियताका दुई जनाले अमेरिका, त्यसपछिकाले क्रमशः बेलायत, भारत, पाकिस्तान र बंगलादेशको मौका पाउने गरेका छन् । बरिष्ठ महासेनानी र सहायक रथीहरुले ५२ वर्षको उमेर छँदासम्म यो अवसर पाउँछन् । छनौट बोर्डले पनि स्टाफ कलेजबाट अल्फा (ए) ग्रेड पाउनेहरुलाई मौका दिने गरेको छ । त्यसका लागि अंग्रेजी भाषाको टोफलमा कम्तिमा ७ दशमलव ५ स्कोर पु¥याएकै हुनुपर्छ । अलिअलि चलखेल भए पनि यदि कोही चौथो नम्बरमा परेको छ भने ऊ एक नम्बरमा आउने सम्भावना हुँदैन । एकजना छन्, प्रेमबहादुर पुन, प्रधानसेनापतिको सैनिक सचिव सचिवालयमा । २९ बेसिकका । उनको नाम एक नम्बरमा निस्किएर अमेरिका जाने कन्फर्म भइसक्यो । गुल्मीका हुन्, वीरेन्द्र र ज्ञानेन्द्र गरी दुबै राजाको दुई–दुई वर्ष एडिसी बसेका भलाद्मी र सोझा अफिसर । गजेन्द्र बोहोरा र राजु कार्कीजस्ता आजीवन एडिसी होइनन् । अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापा महासेनानी भएर विवेक शाह सैनिक सचिव भएको बेला समन्वयका लागि दुई वर्ष दरबारमा बस्दा प्रेमबहादुर मेजर थिए, दरबारमै । त्यसैबेला पूर्णचन्द्रको नजरमा परेका । त्यस्तै, सहायक रथी सुरेन्द्रसिंह रावल दुई नम्बरमा परेका छन् । पोहोरमात्र पिएचडी गरेका हुन् । उनी पनि अमेरिका जाने कन्फर्म भइसक्यो । अमेरिकाबाट स्टाफ कलेज गरेका २९ बेसिकका महासेनानी कृष्ण बिसी तीन नम्बरमा परेका छन् । १२ मध्ये राम्रो चलखेल गर्न सक्ने, हाकिम रिझाउन जान्ने, सम्पन्न परिवारका, गुल्मीका । चार नम्बरमा छन्, गोरखाली चोक ढकाल । २६ बेसिकका र पवन पाँडेको स्नेहले तीन वर्ष न्युयोर्क बस्ने मौका पाएका योगराज शर्मा छन्, पाँच नम्बरमा । फिल्डमा काम गरेकाहरुले भने भाषा र तालिमको कारण विदेश जाने मौका पाइरहेका छैनन् । त्यस्तो नियम संशोधन हुनुपर्ने माग उठिरहेको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



