

-
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका आठजना कर्मचारीले सरकारी जमिन व्यक्तिको नाममा गरेको खुलासा भएको छ । प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । कार्यालय समयभन्दा पछि काम गरिरहेको अवस्थामा कर्मचारीलाई कार्यालयबाट नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। उनले सात जना मालपोतका कर्मचारी र एक जना मालपोतका पूर्वकर्मचारीलाई पक्राउ गरेको बताए। पक्राउ पर्नेमा मालपोत कार्यालयमा कार्यरत अधिकृत स्तरका कर्मचारीसमेत भएको प्रहरी प्रमुख पौडेलले बताए। पौडेलले अनुसन्धानका क्रममा रहेकाले पक्राउ पर्नेको नाम सार्वजनिक गर्न नमिल्ने बताए। उनले अहिलेसम्म ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। अनुसन्धानमा बाधा पुग्ने भएकोले नाम गोप्य राखिएको उनको भनाइ छ। ‘पक्राउ पर्नेमा दुईजना लेखापढी व्यवसायी पनि छन् । यस्तै मुद्धामा भूमिसुधार तथा मालपोत कार्यालय बर्दियामा कार्यरत दुई जना कर्मचारी पनि पक्राउ परेका छन। मालपोत कार्यालयका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमिराज पोखरेल पक्राउ परेको प्रहरीले जनाएको छ।
News Desk 0 response मङ्लबार, चैत्र ५, २०७५


सम्बन्धित शीर्षकहरु

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह
आइतवार, चैत्र २, २०८१-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१