

अब मालपोतमा मन्त्रालयबाटै निरीक्षणको ब्यवस्था
यी कार्यकक्ष पारदर्शी हुनेछ । जहाँ कुन कर्मचारीले के काम गरिरहेको स्पष्ट देख्न सकिन्छ । साथै ती कार्यकक्षमा सिसिटिभी जडान गरेर मन्त्रालय बाटै निगरानी गर्न सकिने ब्यवस्था भईरहेको छ । जसले अनियमितता,ढिलासुस्तीलाई पूर्ण निस्तेज पार्दछ ।
-
काठमाडौं ।
डिजिटल मालपोत बनाउने अभियान सुरु भएको छ । यसका लागि कलंकी मालपोत कार्यालयवाट काम सुरु भएको हो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयसँग जोडिएका धेरै जनगुनासालाई न्यूनिकरण गर्न यो कामको सुरुवात गरिएको हो । मालपोत र नापी कार्यालयलाई डिजिटल कार्यालय बनाइपछि सत्तरी प्रतिशतको हाराहारीमा भ्रष्टाचार कम हुने आंकलन गरिएको छ ।
मालपोत कार्यालयलाई नमुना बनाउने अभियान अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकाका मालपोत तथा नापी कार्यालय कलंकीबाट डिजिटल सेवा सुरू गरिएको छ ।
एक वर्षभित्र देशैभरका मालपोत र नापी कार्यालयलाई नमुना बनाउनेगरी काम भईरहेको बताईएको छ ।
असार महिनाभित्र उपत्यकाका सबै मालपोत र नापी कार्यालय नमुना बनाउने र एक वर्षभित्र देभैभरका कार्यालय डिजिटल बनाउने भूमि ब्यवस्था तथा अभिलेख बिभागले जनाएको छ ।
देशैभरका २ सय ४४ वटा मालपोत र नापी कार्यालय एकवर्षभित्र डिजिटल बनाएर सबै कार्यालय डिजिटलमय बनाउने गरी अघि बढेको मन्त्रालयको योजना छ ।
News Desk 0 response मङ्लबार, चैत्र ५, २०७५
‘मालपोत कार्यालय कलंकीमा यस्तो काम हुन थालेको छ’
– गोकर्णमणी दुवाडी
महानिर्देशक,भूमि ब्यवस्थापन तथा अभिलेख बिभाग
अहिले पुराना कागजपत्र स्क्यानिङ गर्ने र डिजिटल भर्सनमा लगेर व्यवस्थित गर्नेगरी काम अघि बढेको छ । बिगतमा एउटै ठाउँवाट भद्रगोल अवस्थामा सञ्चालन भईरहेको मालपोत कार्यालय कलंकीमा अव सहायता कक्षसहितको भिन्दाभिन्दै ब्यवस्थापन गर्न लागिएको छ । जुन कक्षमा सरकारी कर्मचारीलेनै आवश्यक कामको वारेमा जानकारी दिनेछन् । जसले गर्दा बिचौलियाको आवश्यकता पर्दैन । कार्यसम्पदान हुने कक्षका वारेमा वाहिरै स्पष्टरुपमा लेखेर राखिने छ । यी कार्यकक्ष पारदर्शी हुनेछ । जहाँ कुन कर्मचारीले के काम गरिरहेको स्पष्ट देख्न सकिन्छ । साथै ती कार्यकक्षमा सिसिटिभी जडान गरेर मन्त्रालय बाटै निगरानी गर्न सकिने ब्यवस्था भईरहेको छ । जसले अनियमितता,ढिलासुस्तीलाई पूर्ण निस्तेज पार्दछ । कार्यालय पूर्णरुपमा सेवाग्राहीमैत्री हुनेछ । तातो चिसो पानीको ब्यवस्था,अपाङ्गमैत्री,साना बच्चा हेरचाहको लागि ब्यवस्था हुनेछ । प्रतिक्षालयमानै सम्पूर्ण जानकारी पाटी राखिने छ । कार्यालयमा नगद कारोवार नगर्ने ब्यवस्था मिलाईने छ । चेकमार्फत मात्र कारोवार हुने ब्यवस्था हुनेछ । बिगतमा लेखनदासको माध्यमवाट मात्र जग्गा लेनदेन हुने भएकोमा त्यो ब्यवस्थापन हटाईने छ । जसकालागि भूमि ब्यवस्थापन तथा अभिलेख बिभागको बेबसाईटमा सरलीकृत फारमको ब्यवस्था गरिएको हुन्छ । त्यही फारम भरेर जग्गा लेनदेनको काम हुनेछ । घरैमा बसेर आफ्नो जग्गाको सम्पूर्ण जानकारी लिन सकिने सफ्टवेयरको बिकास भईरहेको छ । भूसेवा केन्द्र मार्फत सम्पूर्ण काम तत्काल हुने र कुर्नुपर्ने प्रणालीको अन्त्य गरिने छ । बिगतमा पुराना ढड्डाका मार्फत काम भईरहेकोमा मालपोत कार्यलयमा रहेका सम्पूर्ण अभिलेखको स्क्यानिङ गरेर केरमेर तथा तलमाथि गर्न नमिल्ने ब्यवस्था गर्न लागिएको छ । त्यसका लागि जग्गाधनी श्रेष्तालाई स्क्यानिङ गरिसकिएको छ । साथै हालको लालपूर्जालाई अझै गुणस्तरीय वनाउने काम भईरहेको छ ।
-दीपक अर्यालबाट

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



