

कर्मचारीनै लुकाउछन् नागरिक वडापत्र
कतिपय कार्यालयका कर्मचारीलेनै वडापत्र लुकाएको आरोप पनि लाग्ने गरेको छ । वडापत्र नदेखाएपछि मनोमानी गर्न सजिलो हुने कारण पनि सेवाग्राहीको पहुँच भन्दा टाढा यसलाई राखिएको बुझाई पनि छ ।
-
काठमाडौं ।
सेवाग्राहीले सेवा लिंदा अनावश्यक झन्झट खेप्नु नपरोस् र बिचौलियाको विगविगी रोकियोस भनेर हरेक कार्यालयमा वडापत्र अनिवार्य ब्यवस्था गर्नु पर्छ । तर सेवा लिन जानेमध्ये आधा सेवाग्राही बडापत्रबारे अनभिज्ञ हुनुले यसको प्रभावकारितामाथि नै प्रश्न उठेको छ । कतिपय कार्यालयका कर्मचारीलेनै वडापत्र लुकाएको आरोप पनि लाग्ने गरेको छ । वडापत्र नदेखाएपछि मनोमानी गर्न सजिलो हुने कारण पनि सेवाग्राहीको पहुँच भन्दा टाढा यसलाई राखिएको बुझाई पनि छ ।
सरकारी कर्मचारीकै संरचनामा बनेको राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको सर्वेक्षण अनुसार ५० प्रतिशत सेवाग्राही नागरिक बडापत्रबारे अनभिज्ञ छन् । केन्द्रले सिरहा, अर्घाखाँची, ओखलढुंगा, बैतडी, चितवन र बाग्लुङमा सेवाग्राहीबीच सर्वेक्षण गरेको थियो । चितवनमा सबैभन्दा धेरै ५६ प्रतिशत सेवाग्राही बडापत्रबारे जानकार नै नदेखिएको केन्द्रको सर्वेक्षणमा उल्लेख छ ।
कार्यालयबाट प्रवाह हुने काम, काम सम्पन्न हुन लाग्ने अवधि, कामका लागि लाग्ने दस्तुरसहितको विवरण नै नागरिक बडापत्र हो । बडापत्र हरेक सरकारी कार्यालयले सेवाग्राहीले देख्ने ठाउँमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था सुशासन ऐनमा छ । तर यो व्यवस्थाप्रति सरकारी कार्यालय गम्भीर छैनन् भन्ने कुरा यी दृष्यले प्रष्ट पार्छन् ।
News Desk 0 response सोमवार, चैत्र ४, २०७५

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



