• काठमाडौं ।

    नेपाल प्रहरीमा पनि संघीय संरचना अनुसार समायोजन हुनेछ । समायोजनका लागि तयार भएको विधेयकमा प्रहरीलाई खाइपाइ आएको तलबमा २ ग्रेड थप गर्ने उल्लेख छ । प्रहरीमा समायोजन गर्दा थप गरिएको ग्रेड उसले पाउने अधिकतम ग्रेडभन्दा बढी भए त्यसरी थप भएको ग्रेडसमेत दिइने विधेयकमा उल्लेख छ। विधेयकअनुसार प्रदेश प्रहरी प्रमुख नेपाल प्रहरीकै कर्मचारी हुनेछन्। उनको खटनपटन पनि संघमार्फत हुनेछ। प्रदेश प्रहरी प्रमुखबाहेक अन्य प्रहरीलाई प्रदेश सरकारको सम्बन्धित निकाय वा अधिकारीले प्रदेशभित्रको एउटा कार्यालय वा निकायबाट अर्को कार्यालय वा निकायको समान पदमा स्थानान्तर गर्नसक्ने व्यवस्था गरिएको छ।

    नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदको प्रतिनिधिसभामा पेश गरिएको छ।