

-
काठमाडौं : आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक वर्ष मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ ।
सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी देश नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षधरको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो ।
घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्धता जनाइएको थियो । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माण स् मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’रहेको छ ।
युनेस्कोले यस वर्षको कार्यक्रम जाम्बियाको लुसाकामा दुई दिन विभिन्न कार्यक्रम गरी मनाउँदैछ । त्यस्तै दिवसको अवसरमा नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासङ्घले अन्तर्क्रियासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायतले शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिमजस्ता कारणले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताएकी छिन् । उनले शुभकामना सन्देशमार्फत लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि देशमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दो क्रममा रहेको देखिनु गम्भीर चिन्ताको विषय रहेको बताइन् ।
पछिल्लो समय सरकारले गरेको सरकारी विज्ञापनमा विभेदपूर्ण व्यवहार, लोककल्याणकारी विज्ञापनको सङ्कुचन र अभिव्यक्ति स्वतन्त्रतामाथिकै अङ्कुशका प्रक्रियाहरू हुन भन्ने महासंघको बुझाइ रहेको अध्यक्ष शर्माले उल्लेख गरेकी छिन्।
News Desk 0 response आइतवार, बैशाख २०, २०८३

सम्बन्धित शीर्षकहरु
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



