

-
काठमाडौं ।
२०७३ साल पुसदेखि सुरु गरिएको नेपाली सेनाको जंङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न भएको छ । प्रधान कार्यालयमा ४७ वटा कार्यालयहरु रहनेछन् ।
जंङ्गी अड्डाको पुनर्निर्माण ३ अर्ब ४९ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य छ । भुकम्प प्रतिरोधी वनाईएको यी संरचनाको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको टोलीले अवलोकन गरेको छ । प्राकृतिक विपदबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपायहरु अपनाई जंङ्गी अड्डाको पुनर्निर्माण गरिएकोमा ज्ञवालीले खुसी व्यक्त गरे । भूकम्पबाट क्षति भएका नेपाली सेनाका सबै संरचनाहरु सुरक्षित रुपमा पुनर्निर्माण गर्न ज्ञवालीले आग्रह पनि गरे ।
भूकम्प लगत्तैको राहत र उद्धार कार्यमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह पनि गरेको थियो । भूकम्पबाट क्षति भएका नेपाली सेनाका संरचनाहरुको पुनर्निर्माणका लागि प्राधिकरणले आवश्यक सहयोग गर्ने ज्ञवालीले बताए ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ठूलो सहयोग र राम्रो समन्वयबाट जंङगी अड्डा लगायतका संरचनाहरुको पुनर्निर्माण भइरहेको बताउँदै आगामी वैशाख १२ गतेभित्र सम्पन्न गर्ने गरी जंङ्गी अड्डाको पुनर्निर्माण कार्य भइरहेको जानकारी दिए ।नेपाली सेनाले भविष्यमा निर्माण गर्ने संरचनाहरु पनि सुरक्षित र बलियो बनाउने बताउँदै प्रधानसेनापति थापाले गुणस्तर र स्तरीयता कायम गर्न सेना प्रतिबद्ध रहेको बताए ।
News Desk 0 response शुक्रबार, चैत्र १, २०७५


सम्बन्धित शीर्षकहरु
-
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९ -
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९
-
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९ -
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९