अहिलेको सेनापतिको निगाहमा अवको सेनापति
पूर्णचन्द्रको जस्तै अवधी थपियो भने प्रभुरामको अझै चिफ हुने ठाउँ छ । तर, यो कुरा बहालवाला चिफको हातमा हुन्छ । चिफ खुशी भए भाग्य–भविष्य बन्यो, नत्र धराप । यदि प्रभुरामले अवसर पाएनन् भने भारतीय अभिनेता शत्रुघन सिन्हाकी छोरी सोनाक्षी टुँडिखेलको एउटा कार्यक्रममा आउँदा एयरपोर्टदेखि नै बडिगार्डको भूमिका निभाएका समीर शाहीको सम्भावना रहन्छ ।
-
काठमाडौं ।
सेना प्रमुख पूर्णचन्द्र थापालाई एक वर्षे पदावधि थपेर अहिले प्रधानसेनापति बनाइएकै हो । नत्र, सेनापतिको रोलक्रम गड्याङगुडुङ हुने खतरा थियो । प्रभुराम साधारण ब्राह्मणपुत्र । पूर्णचन्द्रको जस्तै अवधी थपियो भने प्रभुरामको अझै चिफ हुने ठाउँ छ । तर, यो कुरा बहालवाला चिफको हातमा हुन्छ । चिफ खुशी भए भाग्य–भविष्य बन्यो, नत्र धराप । यदि प्रभुरामले अवसर पाएनन् भने भारतीय अभिनेता शत्रुघन सिन्हाकी छोरी सोनाक्षी टुँडिखेलको एउटा कार्यक्रममा आउँदा एयरपोर्टदेखि नै बडिगार्डको भूमिका निभाएका समीर शाहीको सम्भावना रहन्छ । उनी फोर्स इञ्जिनियर हुन्, १४ बाहिनीमा थिए । यिनको खुदो पल्टिएन भने ईश्वर हमाल आउन सक्छन् । यिनले अमेरिकामा एनडिसी कोर्ष र स्टाफ कलेज गरेका हुन् । ६ वर्षअघि एसएलसी दिन गएको एकमात्र छोरा बागमतिमा डुबेर बितेको वियोग छ, यिनमा । राजेन्द्र क्षत्रीको राजदल गणका क्याडेट र सैनिक सचिव हुन् । नेपाली भाषामा एनडिसी कोर्ष गरेका कारण समीरको सम्भावना कम छ । जसरी ज्ञानेन्द्र रायमाझी र अनुज बस्नेतलाई गौरवसमशेरले भित्री नियमावली संशोधन गरेर नेपालीमै जाँच दिन पाइने व्यवस्था गरे, अहिले त्यो सिष्टम रोकिएको छ । हेमन्त कुँवरको खालि ठाउँमा प्रभुराम शर्मा तीनतारे जर्नेल हुनेछन् । चिफको कार्यकाल तीन वर्षे र लेप्mिटनेन्ट जर्नेलको दुई वर्षे छ । लेफ्टिनेन्ट जर्नेलमा एकवर्ष म्याद थप्न पाइन्छ । यदि थपिनेमा परे भने उपाध्ये बाहुनका छोरा प्रभुराम पहिलो बाहुन प्रधानसेनापति हुन्छन् । नभए, त्यो पद ईश्वर हमालतिर सोझिने देखिन्छ । भर्खरै दुईतारेमा बढुवा भएकामध्ये सबभन्दा कान्छो ताराध्वज पाण्डेको चाहिँ प्रभुरामहरूको लटपछि चिफ हुने पालो आउनसक्छ । भर्खर मेजर जनरलमा बढुवा हुने पाँचमध्येका अनन्त कार्की पनि हुन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दुई कार्यकालसम्म एडिसी बसेका थिए । ०५९ सालमा जुम्लामा मेजर हुँदा माओवादी ‘आयो–आयो’ भन्दै हल्लाकै भरमा एउटैको एक लाख मूल्य पर्ने झण्डै चार सय थान ८१ इञ्च मोर्टार हावामा फायर गरेर ब्यारेक नै रित्तो पारे । सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दा गण र गुल्मपति भएकाहरू हुन्, अब हुने प्रधानसेनापति । २०७८, ०७९ तिर पर्छ यिनीहरूको पालो । त्यसमध्येका अर्का हुन्, सीताराम खड्का । समशेरदल गण डडेल्धुरामा हुँदा यिनैको पालामा पहिलो पटक माओवादीले एम १६ हतियार कब्जा गरेको थियो । मिनिमी हतियारको सम्झौता गर्न तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा एउटा देशका लागि भनेर उडे, तर बेल्जियम पुगे । यिनले हगुल्टेको लेकमा माओवादीबाट त्यही मिनिमी राइफल लुटाएका थिए । त्यसबेला लक्ष्मण अधिकारीसहित ११ जनाले सेनातर्फबाट वीरगति पाए । रुक्मांगद कटवाल नेपालगञ्जमा पृतनापति र गौरवसमशेर दिपालयमा बाहिनीपति थिए । सशस्त्र द्वन्द्वकालमा बर्दियामा सयौँ सिपाही हताहत हुँदा उनी १८ वटा एसएलआर गुमाउने कमाण्डर हुन् । ताराध्वजको केही गरी कैफियत देखियो भने अशोकराज सिग्देल, निर्मलकुमार थापाले बाजी मार्न सक्छन् । निर्मल अहिले प्रधानसेनापतिका सैनिक सचिव छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन २३, २०७५
हायर कमाण्ड तथा स्टाफ कलेज कोर्ष गर्न स्नातक उत्तीर्ण गरेकै हुनुपर्ने प्रावधान छ । दुईतारे जर्नेल हुनका लागि यो न्युनतम योग्यता पनि हो । तर, त्यतिबेलाको सैनिक नेतृत्वले बिएको जाँच दिँदैछन् भनी झुक्याएर नगरकोटको तालिममा अशोक र ताराध्वजलाई छिराए । यिनीहरू कोही पनि अमेरिका र भारतमा तालिमप्राप्त हैनन् । राजाको पालामा हुकुम प्रमांगीबाटै प्रधानसेनापति हुन्थे । हुकुमप्रमांगीबाट चलेको सेना बल्ल ट्रयाकमा आउँदैछ । गौरवसमशेरले कर्णेल र जर्नेल बनाउनलाई फास्ट ट्रयाकका नाममा २० प्रतिशतलाई ‘अतियोग्य’ भन्दै माथि उकाल्ने परिपाटी शुरु गरेका थिए । अहिले त्यसलाई १० प्रतिशतमा झारेर, एउटै व्याचमा मात्र प्रतिस्पर्धा हुने गरी गरिँदैछ । नत्र, फास्ट ट्रयाकको भद्रगोलका कारण ३० बेसिकको मान्छेलाई ३६ बेसिकले टपेको थियो । प्रधानसेनापतिसँगै नियम पनि फेरिने परिपाटी अझै छ । छत्रमानजस्ता फिस्टे सेनापतिले गौरवसमशेरजस्ता गैंडे जर्नेललाई ‘बढी बोलिस्’ भन्दै ११ महिना झुलाए, प्रमोशन दिएनन् । तिनै गौरवसमशेरले अनुज बस्नेत र ज्ञानेन्द्र रायमाझीलाई अवसर दिए । पूर्णचन्द्रले तिनैलाई रोकिदिएका छन् । यो सबै सेनापतिलाई तजबिजी अधिकार दिँदाको फल भएको जनआस्थाले लेखेको छ ।
सम्बन्धित शीर्षकहरु
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने
मङ्लबार, अशोज २२, २०८१राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
मङ्लबार, अशोज २२, २०८१-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
मनसुन अझै केही दिन रहने : पूर्वी..
शनिबार, अशोज १९, २०८१