• काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्त हत्याको प्रमाण नष्ट गरेको आरोपमा मुद्धा दर्ता भएका प्रहरी अधिकारीहरु अदालतमा उपस्थित भएका छन् । उनीहरुलाई अनुसन्धानका लागि प्रहरीकै हिरासतमा राखिएको छ । साउन १० गते निर्मला पन्तको हत्या भएको थियो । साउन ११ गते बालिकाले लगाएको सुरुवाल धोएर प्रमाण नष्ट गरिएको उजुरी छ । तर, साउन १४ गते अनुसन्धानका लागि गएका प्रहरी अधिकारीलाई पनि मुद्धा हालिएको छ । यसले बदनीयत तवरले मुद्धा दर्ता गरेको पुष्टि गर्ने कानुनका जानकारहरु बताउँछन् । साउन १३ गते बेलुका पुगेर १४ गतेदेखि अनुसन्धान गरेका तत्कालिन सिआईबीका डिएसपी अंगुर जिसीको टोलीलाई पनि मुद्धा दर्ता गर्नुले भने यो मुद्धामा बदनीयतपूर्ण देखिएको ती कानुन ब्यवसायीले बताए ।
    त्यसोत निर्मलाकी आमाले दिएको निबेदनमा पनि प्रमाण नष्टको आरोप अंगुर जिसीलाई लगाईएको छैन ।
    ११ गते निर्मलाको सुरुवाल धोएर प्रमाण नष्ट गरिएको भनिएपनि भेजिनल स्वाब सुरक्षित अझै छ । त्यसोत कानुन अनुसार कुनै पनि सरकारी अधिकारीलाई फौजदारी मुद्धा दर्ता गर्नुपूर्व बिभागीय स्वीकृत लिनु पर्ने हुन्छ । त्यसका लागि प्रहरी प्रमुख सर्वेन्द्र खनालले बिभागीय स्वीकृति पनि दिएका छन् । उनै खनालको आदेशमा अनुसन्धानका लागि खटाएका ब्यक्तिलाई मुद्धा दर्ता हुँदा खनाल कसरी चोखो रहन्छन् यस बिषयमा पनि कानुन ब्यवसायीहरुले प्रश्न उठाएका छन् ।
    निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको भन्दै दुई वटा छुट्टाछुट्टै मुद्दा गत पुस ३ गते दर्ता भएको थियो । निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका दुई वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको हो ।
    एसपी दिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी बाहेकका ६ जना प्रहरी अदालतमा उपस्थित भएको कञ्चनपुर प्रहरीले जनाएको छ । उक्त घटनामा चरम लापरबाही गरेको भन्दै सरकारले एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाट हटाएको थियो । अन्य प्रहरी भने निलम्बनमा परेका छन् ।

    निर्मला पन्तको बलत्कार र हत्या प्रकरणमा स्पष्ट हुनै पर्ने कानुनी कुरा
    १, प्रमाण नष्ट गरेको आरोप
    निर्मला पन्तले लगाएको कपडामा खोजिने भौतिक सबुद भनेको बलत्कारीको बिर्य हो ।घटना भएको करिब १८ घण्टा पश्चात भेटिएको शब र उक्त कपडामा बिर्य भएको भएता पनि पानीमा डुबेको थियो । कपडा र बिर्यको नर्मल टेम्प्रेचरमा बाँच्ने आयु भनेको २४ घण्टामात्र हुन्छ । नेपाल प्रहरीसँग घटनास्थलमा नै बिर्य संकलन गर्न सक्ने प्रबिधी छैन । सामान्यतया उक्त कपडा काठमाण्डौ केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा पुग्न ४८ घण्टा भन्दा बढि भैसक्ने भएकोले उक्त कपडा बाट भौतिक सबुद संकलन हुन नसक्ने अबस्था हुने र उक्त कपडामा खोज्न खोजिएको बिर्य भेजिनल स्वाब बाट प्राप्तगरी DNA Develop समेत भैसकेको हुँदा प्रमाण नष्ट भएको भनेर अपराधी पत्तानै नलाग्ने भन्ने कुरा मिथ्या हो ।
    तर प्रकृयागत रुपमा प्रहरीले उक्त कपडा परीक्षणको लागी पठाउनु पर्ने हो जसमा त्रुटि वा लापर्वाही भएको कुरा साँचो हो त्यो कुरा स्विकार गरिएको छ ।
    २,कुकुरको प्रयोग किन गरिएन ?
    घटनास्थल खुल्ला स्थानमा भएको , घटना पश्चात पानि परेको ,लास रहेको स्थानबाट बाटो तर्फ निस्कने ठाउँलाई खोलाले काटेको र घटनास्थलमा भेटिएका साईकल,कपी,साईकलको रड,अम्बा र लासको वरपर समेत मानिसको प्रबेश भैसकेको अर्थात चलाउने, छुने कार्य भैसकेको हुँदा सो अबस्थामा कुकुरको प्रयोगले थप समस्या उत्पन्न गराउन सक्ने अबस्था हुने थियो । तथापी देखाउनको लागी भएपनि कुकुरको प्रयोग भैदिएको भए हुने थियो । ४ दिन पश्चात कन्चनपुर पुगेका सिआईबी टोलिले कुकुरको प्रयोग गरेन भन्नु गलत हो किनकी कार्यालयमा ल्याई राखेका कपी बिभिन्न ब्यक्तिले छुने चलाउने गरि सकेको अबस्थामा सिआईबी टोलिले कुकुरको प्रयोग गरेको भए गलत ब्यक्ति तर्फ संकेत गर्ने हुन सक्थ्यो र कुकुरको प्रयोग भनेको घटनास्थलमा कसैले छुन चलाउन नपाएको अबस्थामा मात्र प्रभाबकारी हुने हो जुन घटनास्थल प्रहरी भन्दा पहिला अन्य सर्ब साधारणले चलाएको अबस्था थियो ।
    ,दिलिप सिंह बिष्ट गलत अभियुक्त ?
    दिलिप सिंह बिष्ट पक्राउ पर्नु पूर्ब चक्रदेव बडुको DNA परीक्षणको लागी पठाई सकेको थियो । यो अबस्थामा नक्कली अभियुक्त बनाई जनतालाई झुक्याउने वा बास्तविक अपराधीलाई उम्काउन खोजिएको भनि आरोप लगाउनु सरासर गलत हो । किनकी दिलिप सिंह बिष्टको समेत DNA परीक्षणको लागी पठाईएको हो र पठाउनु पर्छ भन्ने कुराको हेक्का पहिल्यै थियो पनि त्यसैले निजलाई नक्कली अभियुक्त बनाउन खोजियो भन्ने कुरा मिथ्या हो । निजलाई अभियुक्तको रुपमा किन सार्बजनिक गरियो भन्ने सन्दर्भमा दिलिप सिंह बिष्ट पक्राउ परेको कुरा सबैले थाहा पाईसकेका र म्याद थपको प्रकृयामा सरकारी वकिल कार्यालय र अदालत लैजाने क्रममा मिडिया कर्मीहरुले समेत पिछा गरी को पक्राउ परेको भन्ने जानाकारी पाइसकेकोले किन पक्राउ परेका ब्यक्ति लुकाउन खोजियो ? प्रहरीले षडयन्त्र गर्यो भन्ने आवाज उठाई जिल्ला प्रहरी कार्यालय गेटमा २,३ सय जनाको संख्यामा नारा जुलुस हो हल्ला समेत गरेको अबस्थाले गर्दा दिलिप सिंह बिष्टले साबिति बयान समेत दिएको र निजले गरेको हो होईन भन्ने बैज्ञानिक पुष्टिको लागी DNA परीक्षणको लागी पठाउन लागिएको र निजलाई गैरकानुनी रुपमा हिरासतमा राख्न नमिल्ने कानुनि बाध्यताले गर्दा म्याद थप गरिएको कुरा मिडिया मार्फत जानाकारी गराईएको हो । र DNA परीक्षण नमिले पश्चात निजलाई सरकारी वकिल संगको समन्वयमा छाडिएको हो त्यसैले नक्कली अभियुक्त बनाउन यो केसमा सम्भबनै छैन किनकी प्रमाणको रुपमा बलात्कारीको DNA सुरक्षित छ जुन कुरा प्रहरीले नै गरेको हो ।
    ४,कपी किन नभिजेको ?
    कपी प्लास्टिक कोटेट भएको र कपी पानिमा डुबेको अबस्था नभएकोले जति भिजेको थियो त्यो स्वभाविक अबस्था हो । साईकल सोहि दिन १० गते करिब ४ बजे देखेको कुरा प्रमाणित भएको र साईकलको बकेटमा राखिएको कपि ,अम्बा र साईकलको रड समेत उक्त स्थानमा भेटिनुले त्यो स्वभाविक रुपमा साईकल जतिबेला त्यहाँ पुग्यो त्यतिनै बेला त्यो उक्त स्थानमा खसेको अनुमान लगाउन त्यति द्धिविदामा परि रहनु पर्दैन । यदि साइकल दिउँसो फाल्नु र राती कपी अम्बा र साईकलको रड सोहि स्थानमा फाल्न जानु भनेको हास्यास्पद कुरा हो किनकी के प्रहरीलाई प्रमाण चाहिन्छ भनेर उक्त साईकल भएकै स्थानमा लगेर फाल्न जान्छ ? जहाँ खोला समेत भएको अबस्थामा किन कपी खोलामा फाल्दैन ? त्यसैले गर्दा यो कपी पछि लगेर फालियो भन्ने कुरा गलत हो । यदि पछि लगेर फाल्ने हो भने सोही साईकल भएको स्थानमा लगेर फालिरहनु पर्ने जरुरी हुन्न ।
    ५,घटनास्थल कहाँ हो ?
    (रोशनि बमको घरबाट निर्मलाले आफ्नो साईकल चढेर घर तर्फ जानु भनेको नर्मल अबस्था हो र यसमा रिस्कको अबस्था सुन्य हो । जब निर्मलाको हत्या रोशनी बमको घरमा हुन्छ वा अन्यत्र कतै हुन्छ र साईकल फाल्न दिनमा जान्छ भने त्यो लास फाल्न जानु बराबर कै रिस्क हुन्छ त्यसैले त्यसो गर्न सम्भब देखिंदैन । र दिउँसो साईकल फालेकै वरपर लगेर राती लास सेटल गर्नु भनेको समेत के प्रहरीले लास नभेट्लान र प्रहरीलाई अप्ठेरो पर्ला भनेर त्यसो गर्ला त अपराधिले ? अन्यत्र प्रसस्त सजिलो स्थानहरु जस्तै खोला बाटोमा हुनु ले गर्दा पनि जहाँ पनि फाल्न सकिने अबस्थामा त्यति अप्ठेरो स्थानमा फाल्न जानुको कारण के हुन सक्छ ? यदि कुनै घर वा टाढा बाट लास फाल्न जाने हो भने लास नांग्गो अबस्थामा हुन सक्दैन केहि चिजले कभर गरेर लगेको हुने थियो र रातिमा लास फाल्न त्यस उखुखेतमा जाने हो भने बत्ति बालेर जान सक्दैन र एकजना मात्र जान पनि सम्भब हुन्न त्यसैले गर्दा सो अबस्थामा उखुबारी भित्र करिब २० मिटर हिंड्दा एउटा उखुको बोट नभाँचिने कसरी हुन सक्छ ? लास जहाँ भेटियो त्यहाँ पनि घटना घटेको होईन किनकी बलत्कार हुँदा घोप्टो पोजिसनमा सम्भव हुन्न र घाँटि थिची हत्या भएको हुँदा सो समेत उत्तानो पोजिसनमै हुनु पर्ने हुन्छ त्यसैले उत्तानो पोजिसनमा उक्त कार्य हुँदा मृतकले लगाएको टिसर्टमा पछाडि पट्टि हिलो लागेको हुनु पर्ने सो नभएको हुँदा लास भेटिएको स्थानमा घटना घटेको नभई अन्यत्र कतै खोला पारी नै घटना घटाई लास त्यहा फालेको हुनु पर्दछ । साईकल दिउँसै देखिनुले गर्दा दिनमै सडक सँगै जोडिएको खोला पारी कतै बलत्कार तथा हत्या भई उखुबारिमा लास फालेको हुनु पर्दछ ।
    ६,चक्र देब बडु र हेमन्ति भट्टलाई प्रहरीले चरम यातना दिई जबर्जस्ति अपराध स्विकार्न दबाब किन दिइयो ?
    (परिस्थिती जन्य शंकाका घेरामा आएका ब्यक्तिहरुलाई प्रहरीले बिभिन्न कोणबाट सोधपुछ गरिएको हो । जबर्जस्ति अपराध स्विकार गराउन खोजियो भन्ने कुराहरु मिथ्या हुन् यसो गर्न सम्भब छैन किनकी DNA Develop समेत भैसकेको अबस्थामा भलै कसैले अपराध स्विकार गरेतापनि DNA match हुनै पर्ने अबस्थामा झुटा अभियुक्त खडा गर्नुको कुनै औचित्य छैन । यसमा बयानमुखी नभै प्रमाणमुखी अनुसन्धानमा नै जोड दिईएको छ जसको पुष्टि साबिती बयान दिएका दिलिप सिंह बिष्टलाई DNA match नभए पश्चात सरकारी वकिल संगको समन्वयमा छाडिएको छ ।
    ,ओपेरा होटेलको CCTV Footage मेटाईयो ?
    (किरण बिष्टले आफैले मिडिया मार्फत आफु १० गते घटनाको दिन ओपेरा होटेलमा फोटो सुट गरेको थिएँ भन्ने नबताए सम्म यो CCTV Footage को कुरा अनुसन्धानको बिषय बनेकै थिएन तबसम्म CCTV Footage Auto Delete भैसकेको अबस्था थियो । किरण बिष्ट स्वयँमले उक्त दिनमा निजको साथमा भएका ३ जना केटीको क्यामारामा मिति र समय सहित सेभ भएको फोटो जिप्रका कन्चनपुरमा बुझाई सकेको छ र प्रहरी बाट निज तिनै जना केटीहरु झिकाई सोको Verification भैसकेको अबस्था छ ।
    ८,केन्द्र बाट गएको प्रहरी टोलिले समेत जिप्रका बाट भएको गल्ति ढाक छोप गर्ने कोसिस भएको छ ?
    बम दिदी बहिनी माथि अनुसन्धान नै गरेन ,प्रउ डिल्लि राज बिष्ट,किरण बिष्ट र आयुस बिष्टलाई बचाउने प्रयास भयो भनिएकोमा पछिको प्रहरी टोलिले बम दिदी बहिनीलाई म्याद थप गरी अनुसन्धान गर्यो र अन्य ३ जनाको DNA Test गर्यो र त्यस बाट नतिजा के आयो त < यदी यि ५ जना दोषी ठहरिएका भए CIB को समेत संलग्नता रहेछ भन्ने आरोप जायज हुन सक्थ्यो अन्यथा कसरी CIB ले लुकाउन खोज्यो वा लापारबाही गर्यो भन्ने ?
    ९,मानब अधिकार संगठनका इन्द्र अर्यालको स्थलगत प्रतिबेदनमा बबिता बम ओपेरा होटेलको डान्सबारमा डान्सरको रुपमा काम गर्थिन र २ जना केटिहरुलाई कपडा समेत किनि दिएको कुरा उल्लेख गरिएको छ यो सरासर गलत छ । नत ओपेरा होटलमा डान्स बार छ न त बबिता त्याहाँ डान्सरको रुपमा कार्यरत नै थिइन । कपडा किनि दिएको भन्ने कुरा कहाँ किनेको भन्ने कुनै पुष्टि नभै आधारहिन कुराहरु बिना तथ्य जनतालाई भ्रममा पार्ने कार्य भएको छ ।
    १०, उच्च स्तरीय छानबिन समितिले दिएको प्रतिबेदनको पेज ११ मा कन्चनपुर कारागारका नाईके टेकराज जोशीको भनाई राखिएको छ जसमा दिलिप सिंह बिष्टको निर्मला पन्तको हत्यामा संलग्नता छ भन्ने कुरा बिश्वास हुँदैन । यस बाट के कुराको पुष्टि गर्न खोजिएको हो ?
    ११,

    प्रहरीलाई बर्खास्त मात्र किन ? किन जेल नपठाएको ?
    (क) दफा ९९ अनुसार बदनियत पुर्बक अनुसन्धान गरेमा अनुसन्धान अधिकृतलाई सजाय हुने भन्ने ब्यबस्था गरिएको छ जस अनुसार कार्बाही गर्ने हो भने कानुनत अनुसन्धान अधिकृत तोकिएको प्रनि एकेन्द्र खडका हो नकि प्रउ डिल्लिराज बिष्ट ।
    (ख) दफा ९३ कसुरको प्रमाण दबाउन नहुने ?
    प्रउ डिल्लिराज बिष्टले प्रमाण नष्ट गरेको भनिएको छ सो कुराको पुष्टि हुन कित अपराधमा स्वंम संलग्न हुनु पर्यो अथवा निजका नजिकका परिवारका सदस्यहरु,नातेदार वा कुनै पहुँच वाला ब्यक्तिको प्रभाब हुनु पर्यो सो कुराको पुष्टि हुनु पर्यो । जसको लागी निर्मलाको हत्यारा पत्ता लागेपछि मात्र यकिन वा पुष्टि हुन सक्छ ।
    (ग) दिलिप सिंह बिष्टलाई झुटा अभियुक्त बनाई सार्बजनिक गरियो भन्ने सम्बन्धमा कुनै पनि शंकास्पद ब्यक्तिलाई कानुन सम्बत अदालतको आदेशले हिरासतमा राखि अनुसन्धान गरी बैज्ञानिक परीक्षण गराउनको लागी पठाउनु कसरी झुटा अभियुक्त भन्न मिल्छ ?
    (घ) दफा,८९ झुठा प्रमाण बनाउन नहुने ?

    दिलिप सिंह बिष्टलाई अनुसन्धान कै सिलसिलामा बैज्ञानिक परीक्षण नभए पश्चात छाडिएको नकि निजको बिरुद्ध कुनै भौतिक सबुद प्रमाण सहित अदालतमा प्रस्ताबित राय सहित अभियोजन गरिएको अबस्था हो ।