

गुरुको गोडामा पुलिसको लाठी !
आन्दोलनरत शिक्षकले माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका थिए । शिक्षकहरु वानेश्वर पुगेपछि प्रहरीसँग झडप भएको थियो । वानेश्वरमा प्रहरीले रोकपछि नारावाजीमा उत्रेका उनीहरुलाई पछि हट्न प्रहरीले अनुरोध गरे पनि नमानेपछि सुरुमा पानीको फोहोरा हानिएको थियो ।पानीको फोहोराले पनि शिक्षकलाई हटाउन नसकेपछि लाठी प्रहार गरिएको थियो ।
-
काठमाडौं ।
आफ्नो माग पुरा गराउन देशभर बाट काठमाडौंमा प्रदर्शनमा निस्किएका राहत शिक्षकमाथि प्रहरीले लाठी चार्ज गरेको छ । विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका सरकारी विद्यालयका राहत शिक्षक र प्रहरीबीच वानेश्वरमा झडप भएको हो । आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् । झडपमा केही शिक्षक घाइते भएको उनीहरुले बताएका छन् । आन्दोलनरत शिक्षकले माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका थिए । शिक्षकहरु वानेश्वर पुगेपछि प्रहरीसँग झडप भएको थियो । वानेश्वरमा प्रहरीले रोकपछि नारावाजीमा उत्रेका उनीहरुलाई पछि हट्न प्रहरीले अनुरोध गरे पनि नमानेपछि सुरुमा पानीको फोहोरा हानिएको थियो ।

पानीको फोहोराले पनि शिक्षकलाई हटाउन नसकेपछि लाठी प्रहार गरिएको थियो । केहीको टाउकोमा चोट लागेको छ । केहीको खुट्टा समेत भाँचिएको छ ।
मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । अहिले तीनै शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरा गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् ।

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३




