

सेना तीब्र,निजी सुस्त
सेनाले खनेको मध्ये अधिकांश भागमा काम सम्पन्न भइसकेको छ । निजी ठेकेदार कम्पनीलाई दिईएको काम भने केही बाँकी छन् । आगामी असार मसान्त सम्ममा पुरा हुने योजनाका साथ काम भईरहेको यो मार्गको ट्रयाक खोल्ने तीव्ररुपमा भईरहेको छ ।
-
बारा ।
नेपाली सेनाले निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) २२ किमि सडकको ट्रयाक आफ्नै जन शक्ति र प्रविधि प्रयोग गरि खनिरहेको छ । बाँकी ५४ किमिको ट्रयाक खन्न नीजि ठेकेदार कम्पनीलाई नियुक्त गरि काम लगाउँदै आएको छ । सेनाले खनेको मध्ये अधिकांश भागमा काम सम्पन्न भइसकेको छ । निजी ठेकेदार कम्पनीलाई दिईएको काम भने केही बाँकी छन् । आगामी असार मसान्त सम्ममा पुरा हुने योजनाका साथ काम भईरहेको यो मार्गको ट्रयाक खोल्ने तीव्ररुपमा भईरहेको छ । फष्ट ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । सेनाले ७६ किमि फाष्ट ट्रयाकलाई बिभिन्न दश भागमा बिभाजन गरि काम गरिएको छ । सैनिक प्रवक्ता सहायक रथी याम ढकाल निजी कम्पनीबाट भएका काम भने बाँकी रहेको बताउँछन् ।
फष्ट ट्रयाकको काम दु्रत गतिमा भईरहेको सेनाले जनाएको छ । बैशाख सम्ममा काम सक्ने योजना रहेको ढकालले बताए । उनले भने,–‘सेनाले जिम्मा लिएको काम त पुरा नै भइसक्यो । तर, निजी कम्पनीले गर्दै आएको काम भने पुरा भएको छैन । उनीहरुलाई पनि हामीले बैशाख सम्ममा काम सक्न भनेका छौं । तर, सकिने अवस्था देखिएको छैन । यस कतिपय प्रविधिक कारण छन् । यद्यपि, असार सम्ममा उनीहरुले काक सक्छन् । त्यसपछि फाष्ट ट्रयाकले अर्को गति समात्ने छ ।’
फाष्ट ट्रयाक निर्माणका लागि सेनाले ललितपुरको खोकना, मक्खुबेँसी, मकवानपुरको सिस्नेरी, महादेवटार, ठिंगल, लेनडाँडा, बाराको बुदुन, राजदामर र निगगढमा क्याम्प राखेको छ । खोकनास्थित सेनालको क्याम्पले ० देखि ८.७ किमि सडक निर्माणको जिम्मा पाएको छ । ट्रयाक खन्न सेनाले यस खण्डमा सूर्य शैलुङ र लामा समानान्तर निर्माण कम्पनीलाई जिम्मा दिएको छ । मक्खुबेँसी क्याम्पुले ८.७ किमिदेखि १७ किमि सम्मको सडक निर्माणको जिम्मा पाएको छ । जस मध्ये ६ किमि सडक सेनाले आफ्नै जनशक्ति प्रयोग गरेर ट्रयाक खोलेको छ । बाँकी कामका लागि भने निर्माण कम्पनी रमन÷कन्चन जंघा कन्स्ट्रक्सन, पीएस कन्स्ट्रक्सन र आर के कन्स्ट्रक्सनलाई जिम्मा दिको छ ।
त्यस्तै मकवापुरस्थित क्याम्पलपे १७ किमिदेखि २६.५ किमि सडक निर्माणको जिम्मा लिएको छ । यस खण्डमा करिब २ किमि सडक सेना आफ्नै जनशक्तिबाट खन्दै आएको छ । बाँकी कामको लागि निजी ठेकेदार कम्पनी सपना÷श्रेष्ठ÷मोतीदान कन्स्ट्रक्सन, रसुवा÷एलाइट कन्स्ट्रक्सन, टुण्डि एण्ड÷ समानान्तर कन्स्ट्रक्सन, रमन कन्स्ट्रक्सन, गजुरमुखी मोतीदान निर्माण कम्पनीलाई दिएको छ ।
२६,५ किमिदेखि ३३ किमिसम्मको सडक निर्माणको जिम्मा मकवानपुरमा रााखिएको महादेवटार क्यामपले गर्दै आएको छ । यस खण्डमा ट्रयाक खोल्ने जिम्मा दिवा निर्माण सेवा, थोकर निर्माण कम्पनी र तुन्दु निर्माण कम्पनीलाई दिएको छ । मकवानपुरकै ठिंगनमा राखिएको सेनाको अर्को क्याम्पले ३३ किमिदेखि ३८ किमि सडक खन्ने जिम्मा पाएको छ । तर, यसमा भने ठेकेदार कम्पनी नियुक्त गरिएको छैन । यस खण्डमा सुरुङ मार्ग निर्माण गरिनु पर्ने भएको हुँदा निर्माण कम्पनी नियुक्त नगरिएको हो । सेनाका अनुसार यसमा लागि अब चाँडै नै ग्लोबल टेण्डर आह्वान हुनेछ । त्यसपछि अन्तराष्ट्रिय स्तरको ठेकेदार कम्पनी छनोट गरि निर्माणको जिम्मा दिइेछ । नेपाली ठेकेदार कम्पनीसँग सुरुङ खन्ने प्रविधि र जनशक्ति नभएको हुँदा अन्तराष्ट्रिय स्तरको ठेकेदार कम्पनी नियुक्त गर्न लागिएको सेनाको भनाई छ ।
मकवानपुरकै ३८ देखि ४८ किमि सडक खन्ने जिम्मा लेनडाँडास्थित सेनाको क्याम्पले गर्ने छ । यस खण्डमा पनि १.५ किमि सुरुङ खन्नु पर्ने छ । बाँकी खण्डको ट्रयाक भने सेना र निजी ठेकेदार कम्पनीले संयुक्त रुपमा गर्दै आएको छ । यसका लागि स्वच्छन्द निर्माण सेवालाई काम दिइएको छ । मकवापुरकै बुदुनेस्थित सेनाका क्याम्पले ४८ देखि ५५ किमिसम्मको सुरुङ खन्ने छ । यसका लागि सेनाले रमन÷एपेक्स÷मैनाचुली निर्माण कम्पनी, मृत सञ्जीवनी÷सप्त पञ्च निर्माण कम्पनी, कालिका कन्स्ट्रक्सन, लामा÷समानान्तर निर्माण कम्पनी र दिवा निर्माण सेवालाई दिएको छ । केही भाग भने सेना आफै खन्दै आएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन १७, २०७५
बिरगन्जस्थित सेनाको राजदारम क्याम्ले ५५ देखि ६६.४ किमि सडक निर्माण गर्ने छ । यसका लागि सेनाले आसिस एण्ड डीएस निर्माण कम्पनी र ओम साइराम निर्माण कम्पनीलाई ट्रयाक खोल्ने जिम्मा दिएको छ । ६६.४ देखि ७५.४४७ सडक निर्माण गनेए जिम्मा बारास्थित सेनाका बागदेव र निजगढ क्याम्पले पाएको छ । यसको अधिकांश भागमा ट्रयाक खोलि सकिएको छ । यसका लागि सेनाले एउटा मात्रै निजी कम्पनी बज्रगुरु, कृष्ण एण्ड खड्का निर्माण कम्पनीलाई प्रयोग गरेको छ । बाँकी काम सेना आफैले सकेको छ । यता सेनाले गरेको काममा गुणस्तरीयता पनि रहेको स्थानीयहरु बताउँछन् । सेनाले जिम्मा लिएर काम नगरेको भए आउने बाधासमेत पन्छाउन गाह्रो हुने स्थानीय राम थापाले बताए । स्थानीयलाई फकाएर,केही धम्क्याएर पनि सेनाले काम गरिरहेको कारण यो बाटो छिटो सम्पन्न हुने उनको भनाई छ ।
माधव नेपाल \जनप्रशासनवाट


सम्बन्धित शीर्षकहरु
-
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८० -
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८०
-
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८० -
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा..
शनिबार, मंसिर १६, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०