• काठमाडौं ।

    सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिँदै सरकारी चिकित्सहरूले सुनुवाई नभए बुधबारदेखि अस्पतालहरुमा अनिश्चितकालीन आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने भएका छन् । सरकारी चिकित्सक संघ नेपाल गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेका अनुसार आन्दोलन थप कडा बनाउने निर्णय अनुसार हरेक दिन बिहान १० देखि ११ बजेसम्म आफूहरू कार्यरत अस्पतालहरुमा विरोध तथा धर्ना कार्यक्रम गरिने छ । सरकारले यही फागुन १५ गते बुधबार मनाउन लागेको स्वास्थ्य सेवा दिवस कार्यक्रम पनि बहिष्कार गर्ने र आफूहरुको समास्या समाधान नगरे यसअघि नै संकलन गरिएको सरकारी चिचित्सकको सामूहिक राजीनामा सरकारलाई बुझाइने पाण्डेले बताए। कर्मचारी समायोजनका विषयमा आफूहरुको असन्तुष्टि सम्बोधन गर्नुपर्ने सरकारी चिकित्सकको माग छ।