• काठमाडौं । अरुले सानो रकम घुस लिदा पनि निक्कै हल्लाखल्ला गरेर पक्राउ गर्दै मुद्धा दायर गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त राजनारायण पाठकले लिएको घुसका बारे केही नबोलेको चर्को आलोचना भएपछि पाठकविरुद्ध अनुसन्धान सुरु गरेको छ
    ।

    सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुुरु गरिएको हो ।

    महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हो । महान्यायाधिवत्ताको कार्यालयले सोमबार पाठकमाथि अदुअआले छानबिन गर्न सक्ने राय दिएको थियो ।

    नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले महाभियोग लगाउने तयारी गरेपछि पाठकले राजीनामा बुझाएका हुन् ।