
कर्मचारी र पहुँचको प्रयोग गरेर कृषि अनुदानमा मनपरी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनमानै पहुँचवालाको वोलवाला रहेको उल्लेख छ
-
काठमाडौं
।कृषिको व्यवसायिकीकरणका लागि मूल्य श्रृंखलामा आधारित पूरक अनुदानमा टाठाबाठा र पहुँचवालाको मात्र हालीमुहाली देखिएको छ । कृषि मन्त्रालयलेनै गठन गरेको कार्यदलले यस्तो निष्कर्ष निकालेको हो ।
पहुँचवालाले कार्यक्रम व्यवस्थापनमा संलग्न संयन्त्रलाई समेत अनुचित दबाब दिने र कर्मचारीहरुले पनि अनुचित फाइदाको प्रलोभनमा परी त्यस्ता प्रथाको पृष्ठपोषण गर्ने गरेका कारण अपेक्षाकृत प्रभावकारी हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहसचिव तेज बहादुर सुवेदीको संयोजकत्वमा गत असार २२ गते सो कार्यदल गठन गरेको थियो।
कृषि क्षेत्रमा भएको लगानीबारे अध्ययन गर्न गठन भएको सरकारी अध्ययन कार्यदलले विदेशी अनुदान रकम वास्तविक किसानले नपाउने गरेको निष्कर्ष निकालेको छ। कृषि क्षेत्रमा दिइने अनुदानमा पहुँचवाला र टाठाबाठाको मात्र पहुँच पुग्ने गरेको समेत सो अध्ययनको निश्कर्ष छ।वैदेशिक अनुदान उपलब्ध गराउने व्यवसायिक कृषि तथा व्यापार आयोजना,किसानका लागि उन्नत बिउबिजन कार्यक्रमलगायत ७ वटा आयोजनाले गरेको खर्चको मोडालिटीका सम्बन्धमा कार्यदलले अध्ययन गरेको थियो । आन्तरिक श्रोतबाट अनुदान उपलब्ध गराउने आयोजनाले गरेको खर्चका बारेमा पनि कार्यदलले अध्ययन गरेको थियो।
कृषि क्षेत्रका नियमित कार्यक्रमभन्दा पनि ठुला आयोजनाको खर्च व्यवस्थापनमा बढी समस्या देखिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ। कृषि क्षेत्रका नाममा केही दातृ निकायले प्राविधिक तथा आर्थिक सहयोग गर्ने गरेको भएपनि समग्रमा त्यस्ता निकायबाट कृषि क्षेत्रमा हुने लगानीको सानो अंशमात्रै वास्तविक किसानसमक्ष पुग्ने गरेको समेत कार्यदलले निश्कर्ष निकालेको हो।
News Desk 0 response आइतवार, फाल्गुन ५, २०७५


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९