• काठमाडौं । केही दिन अघि बढुवा भएको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले १२ (एसपी )को काज सरुवा गरेको छ।

    दिनेशकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, भुपेन्द्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय रौतहट, दीपक रेग्मीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्ज र ध्रुवराज राउतलाई दंगा नियन्त्रण प्रहरी गण हेटौंडा सरुवा गरिएको छ।

    दीपकराज खरेललाई विशेष व्युरोबाट सशस्त्र प्रहरी गण नम्बर १ नक्साल, मुकेश सिंहलाई दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर, योगबहादुर पाललाई क्षेत्रीय ट्राफिक कार्यालय पथलैया बारामा काज सरुवा गरिएको छ।
    काज सरुवाको सूचीअनुसार एसपी केदार ढकाललाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट महानगरीय प्रहरी अपराध महाशाखामा सरुवा गरिएको छ।
    गोपाल भन्द्र भट्टराईलाई जिल्ला प्रहरी कार्यालय सर्लाही, कुवेर कडायतलाई महानगरीय प्रहरी पहरा गण सामाखुसी, दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापा, कृष्णहरि शर्मा पोख्रेललाई जिल्ला प्रहरी कार्यालय बागलुङमा काज सरुवा गरिएको छ।