

-
यतिखेर ६ वटा मन्त्रालयमा दुईदुई सचिव छन्। तिनीहरूबीच एक किसिमको ‘मनोवैज्ञानिक द्वन्द्व’ चलिरहेको छ। स्वास्थ्य मन्त्रालयमा जिम्मेवारीसमेत बाँडफाँट नहुँदा अन्योल मात्र होइन कि कुनै बेला विवादले चर्कै रूप लिने सम्भावना छ। कार्य विभाजन नियमावली २०७४ सँगै मन्त्रालयको संख्या २१ मा कायम गरियो।
तर सचिवको संख्या त्यही अनुपातमा घटाउन सरकार असफल रह्यो, जसको मारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका परेका छन्।
मन्त्रालयको संख्या घटाउन सफल सरकार सचिव घटाउन नसक्नुको कारण बुभ्mन सकिँदैन। भुक्तभोगी कर्मचारीहरू दुई सचिव भएका मन्त्रालयमा ‘काम गर्ने वातावरण’ नभएको अनुभव सुनाउँछन्। दुई सचिव भएपछि एकअर्काबीच ‘मनोवैज्ञानिक तनाव’ मा रहन्छन्। तिनीहरू मन्त्रालय चुस्त पार्नेभन्दा पनि अर्को सचिवलाई कसरी चुनौती दिने भन्नेमा समय खर्चिन पुग्छन्। दुई सचिव भएपछि कसले बेरुजुको पारो घटाउने र कसरी बेरुजु हुनै नदिने रणनीतिसमेत बन्न सक्दैन। अर्को त कसको ‘भिजन’ मा मन्त्रालय सञ्चालित हुने रु दुई सचिव भएका मन्त्रालयमा यस्ता अन्योलपूर्ण प्रश्नहरू उब्जिरहन्छन्।
एकै मन्त्रालयमा दुई सचिव रहेपछि कसले ‘बागडोर’ सम्हाल्ने भन्नेदेखि जसअपजसको भागीदार को बन्नेसम्म द्वन्द्व निरन्तर छ। यस्तो भद्रगोल दृश्य संयोजन गर्न सरकारी ध्यान पुगेको देखिन्न।एकातिर सरकारले सार्वजनिक खर्चमा मितव्ययीपन अपनाउने घोषित लक्ष्य लिएको छ। सरकारी नीति तथा कार्यक्रम, बजेट र भाषणमा ‘मितव्ययी’ शब्द आकर्षक तवरमा प्रस्तुत भएको देखिन्छ। तर शब्द र व्यवहारमा तालमेल नहुनुमा केन्द्रीय तहका मन्त्रालय पर्नु अनौठो हो। सचिवका निम्ति सरकारले उपलब्ध गराउने पारि श्रमिक, सुविधा, सचिव र सहयोगी कार्यकक्ष, सवारी साधनदेखि यावत् पक्षमा खर्च गर्नुपर्ने हुन्छ। यसले साधारण खर्चको मात्रा बढाएको छ।
अर्कोतिर दुई सचिव भएपछि कामभन्दा बढी षड्यन्त्रको खेतीले मन्त्रालय रंगिन्छ। नेतृत्वले आफ्नो पक्षमा कर्मचारी पार्न खोजेपछि गुटबन्दीको खेती मौलाउन पुग्छ। अझ महाशाखा तथा विभाग प्रमुखले कसको आदेश मान्ने र कसप्रति जवाफदेही बन्नुपर्ने भन्ने सवालमा अन्योल उत्पन्न हुनु स्वाभाविक हो। त्यसका अतिरिक्त कतिपय मन्त्रालयमा मन्त्री र सचिवबीच समन्वय र सहकार्य हुन नसकी समस्या हुँदैछ। उता दुई सचिव भएपछि कतिपय मन्त्रीलाई सचिव खेलाउन र आफूलाई अनुकूल निर्णय गराउन मैदान प्राप्त हुन्छ। मन्त्रीप्रति बढी बफादार देखिने क्रममा सचिवले कानुनविपरीतका निर्णय गर्ने स्थिति पनि रहन्छ।हामीसँग दुई सचिवका कारण सरकारी कामकाजमा नराम्रो असर परेको विगतको तीतो पृष्ठभूमि छ। राज्यस्रोत र मितव्ययी नीतिको ख्याल नगरी कसैलाई खुसी पार्न प्रधानमन्त्री र मन्त्रीहरू दुई सचिवका पक्षमा उभिएका अनगिन्ती उदाहरण छन्। हामीकहाँ विनाअध्ययन, खर्च हिसाब र दरबन्दी विस्तारबाट हुने सम्भावित जोखिमको सामान्य ख्यालसमेत नगरीकन सचिवजस्तो उपल्लो पद सजिलै सिर्जना गरिन्छ। सरकारी काम सहज पार्नभन्दा ‘आफ्ना मान्छे’ लाई खुसी पार्न सजिलै सचिव पद सिर्जना गरी बढुवा दिइने दुर्भाग्यपूर्ण नियति मुलुकले निरन्तर भोगिरहनुपरेको छ।
News Desk 0 response मङ्लबार, माघ २९, २०७५

सम्बन्धित शीर्षकहरु
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
सुर्खेतमा सबैभन्दा धेरै ४३ मिलिमिटर वर्षा, भोलिदेखि..
बुधबार, माघ १५, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि
बिहिबार, माघ १६, २०८२ -
३० हजार टन युरिया मल खरिद गर्न..
मङ्लबार, माघ २१, २०८२



