34

  • काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि आवेदन आवश्‍यकताभन्दा तीन गुणा बढी आएको थियो। सर्ट लिस्टमा दुई हजार २६२ जना परेका छन् । उनीहरूलाई सीप परीक्षाको आधारमा नियुक्ति गरिने बताईएको छ ।

    सीप परीक्षा फागुन ११ र १२ मा हुने तयारी रहेको छ। प्रदेश १ मा अधिकृतमा ३९० र नायब सुब्बामा २१ जना सर्टलिस्टमा छन्। त्यस्तै, प्रदेश २ मा ४०८ अधिकृतको नाम सर्ट लिस्टमा छ। प्रदेश ३ मा ३३७ अधिकृत र २२ जना सुब्बाको नाम निकालिएको छ। गण्डकीमा २२२, प्रदेश ५ मा ३२७, कर्णालीमा १८६ र सुदूरपश्चिममा २४६ जना अधिकृत‍हरुको नाम सर्टलिस्टमा छ। त्यस्तै गण्डकीमा ३३ सुब्बाको नाम सर्ट लिस्टमा छ भने प्रदेश ५ मा सुब्बाको नाम छैन। कर्णाली र सुदूरपश्चिममा क्रमशस् ५२ र १८ जनाको नाम निकालिएको छ।

tt
45