

-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा परेका उजुरीमा झन्डै एकतिहाइ स्थानीय सरकारका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तहमा पुस मसान्तसम्म प्रदेश ५ का बाँके, बर्दिया र दाङ जिल्लाका तीन सय ७८ वटा उजुरी परेका छन्। तीमध्ये स्थानीय सरकारका मात्र एक सय २७ वटा छन्। तीन जिल्लामा परेका एक सय २७ उजुरीमध्ये बाँकेका स्थानीय तहमा मात्र ६२ वटा उजुरी परेका छन्। जुन कुल उजुरीको झन्डै आधा हो। बाँकेका ८ वटै स्थानीय तह उजुरीबाट अछुतो छैनन्। खजुरा गाउँपालिकाले सबैलाई उछिनेको छ। जहाँका १३ वटा उजुरी परेका छन्। राप्ती सोनारीमा ११, नेपालगन्ज उपमहानगरपालिकामा १०, कोहलपुर नगरपालिका ८, नरैनापुर गाउँपालिका ७, डुडुवा गाउँपालिका ५, जानकी गाउँपालिका ४, बैजनाथ गाउँपालिका २ र जिल्ला समन्वय समिति बाँकेमा २ वटा उजुरी परेका छन्।
बाँकेका एक सय ७६, बर्दियाका ८९ र दाङका ८८ वटा उजुरी परेका छन्। तीमध्ये ५९ वटा मात्र फस्र्योट भएका छन्। फस्र्योट पनि सबैभन्दा बढी बाँकेका ३४ छन्। बर्दियाका १६ र दाङका ९ वटा छन्। ती मुद्दामध्ये एक सय १० वटाको छानबिन भइसकेको छ। दुई सय ६८ वटा छानबिन गर्न बाँकी छन्। यी उजुरी अघिल्लो आर्थिक वर्षका एक सय ७२ र यस वर्षका दुई सय ६ वटा छन्।
अख्तियारले बाँकेका चार वटा मुद्दा विशेष अदालतमा दायर गरिसकेको छ। सिक्टा सिँचाइ आयोजना, भेरी यातायात व्यवस्था कार्यालय, नौवस्ता डिप बोरिङ उपभोक्ता समिति र त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरको मुद्दा अदालतमा दायर गरिएको छ।
अख्तियारले यस वर्ष सात वटा स्टिङ अप्रेसन गरेको छ। जसमा बाँके र बर्दियामा तीन र दाङमा एउटा छ। जसमा १२ पुरुष र एक महिलालाई पक्राउ गरी अनुसन्धान गरिरहेको अख्तियारले जनाएको अन्नपूर्णले लेखेको छ ।
News Desk 0 response सोमवार, माघ २८, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



