

-
काठमाडौं ।
सरकारले एक वर्षको अवधिमा नौ पटक सचिव सरुवा गरेको छ । यस अवधिमा सचिवको कार्यालय चार पटक फेरिएको छ ।
News Desk 0 response बिहिबार, माघ २४, २०७५
२०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले चैत २० गते ३० जना सचिवको सरुवा गरे । विभागीय मन्त्रीलाई जानकारी नै नदिई सचिव सरुवा गरेपछि उनको कार्यकालमा केही नयाँ हुने बुझाई धेरैको थियो । प्रधानमन्त्री कार्यालयबाट खानेपानी मन्त्रालय पुर्याइएका कृष्णराज बिसीलाई असार ४ मै प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा राखियो । चैत २० गते खानेपानीबाट शिक्षा मन्त्रालय पुगेका सचिव गजेन्द्र ठाकुर असार ४ को मन्त्रिपरिषद निर्णयबाट फेरि खानेपानीमै फर्किए । असार २४ को मन्त्रिपरिषद् बैठकले बिसीलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय पठायो । सचिव सरूवा गर्दा पर्याप्त गृहकार्य भने गरेको देखिएन । गत साउन महिनामा मात्र दुइटा मन्त्रिपरिषद बैठकबाट चार सचिवको जिम्मेवारी फेरियो । असोज २८ गते सहरी विकासका दीपेन्द्रनाथ शर्मा र स्वास्थ्यकी पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा कामै नदिने गरी सरुवा गरेर स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयका केदारबहादुर अधिकारी र सहरीमा नेपाल ट्रष्टका रमेशप्रसाद सिंहलाई सरुवा गरियो । तर, स्वास्थ्य मन्त्रीसँग सम्वन्धमा समस्या आएका कारण अधिकारीलाइ वाणिज्य मन्त्रालय पठाइएको छ । एक वर्षमा अधिकारीको यो चौथो सरुवा हो । अदालतको आदेशले स्वास्थ्यमै फर्किएकी चौधरीप्रति भर नभएपछि प्रधानमन्त्रीले चन्द्र घिमिरेलाइ खटाएका छन् ।
पछिल्लो एक वर्षमा मन्त्रीहरुले राजनीतिक आर्थिक सम्बन्ध र स्वार्थका आधारमा सचिव रोज्ने परम्परा धेरै हदसम्म तोडिएको छ । तर, कार्यकालको वर्ष दिन बित्न लाग्दा छिटोछिटो सचिव सरुवा गर्ने परम्परालाई भने निरन्तरता दिईएको छ ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



