• काठमाडौं ।

    छ महिनादेखि बिश्वबिद्यालय प्राज्ञिक परिषदविहीन हुँदा पनि कसैले चासो राखेको छैन ।
    पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको म्याद गत असार २७ गते सकिएको हो । पूर्वाञ्चल विश्वविद्यालयले हुकुमी शासनजस्तो तोक आदेशका भरमा प्राज्ञिक काम भईरहेको छ । विश्वविद्यालयले चार वर्षे बि. बि. एस., इञ्जिनियरिङ, विज्ञान र प्रविधीका दर्जनौ पाठ्यक्रम पनि नयाा लागू गरेको छ । यही शैक्षिक सत्रदेखि विश्वविद्यालयले एल। एल। वि। कार्यक्रम पनि शुरू गरेको छ । विश्वविद्यालयले परिवर्तन गरेका यति धेरै पाठ्यक्रम प्राज्ञिक परिषदमा वहस हुनै पाएन । यी सबै पाठ्यक्रम उपकुलपतिको तोक आदेशमा लागू गरिएका हुन् ।
    विश्वविद्यालयले चार वर्षे बि. एड. को तेश्रो र चौथो, दुई वर्षे एम। एड। को पहिलो, चार वर्षे बि. ए. को तेस्रो र चौथो वर्षमा नयाा पाठ्यक्रम लागू गरेको छ ।

    प्राज्ञिक परिषदबाट पछि अनुमोदन गराउने गरी पाठ्यक्रम लागू हुनु स्वस्थ्य परम्परा नभएको शिक्षाविद्को तर्क छ ।