• काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न देशका राजदूतलाई ब्रिफिङ गरेका छन्।

    शुक्रबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मन्त्री ज्ञवालीले विभिन्न देशका राजदूतलाई पछिल्लो राजनीतिक घटनाक्रम र लगानी सम्मेलनका विषयमा ब्रिफिङ गरेका हुन्।

    भारत र चीनका राजदूत आफै उपस्थित थिए भने अमेरिकी राजदूतले उपप्रमुखलाई पठाएका छन्।

    देशको भईरहेको काम र बिदेशी निकायसँगको समन्वयका बारे त्यहाँ जानकारी गराईएको थियो ।