
-
काठमाडौं ।
जिल्ला न्यायाधीशमाथि बृहत् छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय समिति न्याय परिषदले गठन गरेको छ । ललितपुर जिल्ला अदालतका तत्कालीन प्रमुख न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँका मुख्य न्यायाधीश ओमकार उपाध्यायमाथि छानबिन गर्न समिति गठन भएको हो ।
छानबिन समितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश टेकप्रसाद ढुंगाना सदस्य तोकिएका छन् । उजुरी गम्भीर प्रकृतिका देखिएपछि बृहत् छानबिन सुरु भएको हो । यी न्यायाधीशलाई परिषद्मा हाजिर गराइएको छ ।
उनीहरूमाथि द्रुत तवरमा छानबिन गरी ४५ दिनभित्रै प्रतिवेदन पेस गर्न कार्यादेश तोकिएको छ । परिषद् उच्च स्रोतका अनुसार मंगलबारको निर्णयअनुरूप छानबिन समिति गठनबारे राजपत्रमा सूचना प्रकाशित गर्न पठाइएको छ । ‘न्यायाधीशबाट फैसला हुँदा कानुन र नजिर तोडमोड गरिएको, अनियमितता गरी न्याय बिचलित भएको उजुरी थिए’, परिषद् उच्च स्रोतले भन्यो, ‘परिषद्को प्रारम्भिक अनुसन्धानबाट बृहत् छानबिन हुनुपर्ने राय आएपछि सर्वोच्चकै न्यायाधीश संलग्न समिति गठन गरिएको हो ।’
News Desk 0 response शुक्रबार, माघ १८, २०७५


सम्बन्धित शीर्षकहरु

१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो : कांग्रेस ७६, एमाले ४८ र माओवादी ३६ वटामा विजयी
सोमवार, जेष्ठ २, २०७९-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९