

-
काठमाडौं ।
जिल्ला न्यायाधीशमाथि बृहत् छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय समिति न्याय परिषदले गठन गरेको छ । ललितपुर जिल्ला अदालतका तत्कालीन प्रमुख न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँका मुख्य न्यायाधीश ओमकार उपाध्यायमाथि छानबिन गर्न समिति गठन भएको हो ।
छानबिन समितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश टेकप्रसाद ढुंगाना सदस्य तोकिएका छन् । उजुरी गम्भीर प्रकृतिका देखिएपछि बृहत् छानबिन सुरु भएको हो । यी न्यायाधीशलाई परिषद्मा हाजिर गराइएको छ ।
उनीहरूमाथि द्रुत तवरमा छानबिन गरी ४५ दिनभित्रै प्रतिवेदन पेस गर्न कार्यादेश तोकिएको छ । परिषद् उच्च स्रोतका अनुसार मंगलबारको निर्णयअनुरूप छानबिन समिति गठनबारे राजपत्रमा सूचना प्रकाशित गर्न पठाइएको छ । ‘न्यायाधीशबाट फैसला हुँदा कानुन र नजिर तोडमोड गरिएको, अनियमितता गरी न्याय बिचलित भएको उजुरी थिए’, परिषद् उच्च स्रोतले भन्यो, ‘परिषद्को प्रारम्भिक अनुसन्धानबाट बृहत् छानबिन हुनुपर्ने राय आएपछि सर्वोच्चकै न्यायाधीश संलग्न समिति गठन गरिएको हो ।’
News Desk 0 response शुक्रबार, माघ १८, २०७५

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



