चोलेन्द्रको कार्वाही प्रकृया सुधारको प्रयास कि सस्तो लोकप्रियता ?
पाँच न्यायाधीशले जस्तै ३८ क्वीन्टल सुन तस्करीका आरोपी छाड्ने आदेश दिने उच्च अदालत बिराटनगरका न्यायाधीशद्वय जनक पाण्डे र साधुराम सापकोटालाई तानिएको छैन । सुनतस्करीका आरोपी छाड्न पेशी तोक्ने भूर्तेल, छाड्ने आदेश दिने पाण्डे र सापकोटालाई किन तानिएन ?
-
काठमाडौं ।
सर्वाेच्च अदालतले गम्भीर उजुरी परेको आधारमा ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय निलम्बन गरेको छ ।
आचरण विपरित कार्यसम्पादन गरेको र पदीय कर्तब्यबाट च्यूत भएको आरोपमा न्याय परिषद्ले छानबिन समिति गठन गरेलगत्तै उनीहरु निलम्बनमा परेका हुन् ।
आत्रेय र उपाध्यायका सम्बन्धमा छानबिनका लागि सर्वाेच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय छानबिन समितिसमेत गठन भएको छ । यसलाई न्याय क्षेत्रको शुद्धिकरणको रुपमा हेरिएको छ ।
ललितपुर जिल्ला अदालत अनुगमनका क्रममा भिएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले चलाखी गर्न खोजेको भन्दै उनीमाथि अनुसन्धान भइरहेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाकै निर्देशनमा आत्रेयमाथि सुक्ष्म ढंगले अनुसन्धान भइरहेको थियो ।
यस्तै आफ्नो आचारण सुधार नगरेको र परिषद्मा गम्भीर उजुरी परेपछि न्यायाधीश उपाध्यायलाई पनि न्याय परिषद् झिकाइएको थियो । विगतमा पनि कारबाहीमा परेका उपाध्यायमाथि न्याय सम्पादनका कर्ममा बिचलन देखिएको उजुरी परेको थियो ।अन्य न्यायाधीशहरु राजेश काफ्ले र महम्मद जुनेद आजादलाई ७ दिने स्पष्टिकरण सोध्ने तथा अरु न्यायाधीशमाथिका उजुरीहरु तामेलीमा राख्नेसमेत निर्णय भएको छ ।
यस्तै काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार कृष्णप्रसाद शर्मा नेपाललाई पर्सा जिल्ला अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिससमेत गरिएको छ । सत्तरी भन्दा बढी न्यायाधीश अहिले अनुसन्धानको घेरामा छन् । उनीहरुबिरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान गरिरहेको सर्वोच्चस्रोतको भनाई छ । सुनकाण्डका फैसला गर्ने न्यायाधीश पनि अहिले निगरानीमै छन् । यी सवै कामले न्यायालयमा सुधारको संकेत देख्न सकिन्छ । तर, योसँगैका कामले भने सस्तो लोकप्रियताको लागि यी काम भईरहेको हो कि भन्ने प्रश्न पनि उत्तिक्कै उठेको छ ।यी हुन् शुद्धीकरणका बाधक
प्रधानन्यायाधीश राणाले अदालतमा शुद्धीकरण उनकै वरिपरिबाट सुरु गर्नुपर्ने देखिन्छ । उनका वरिपरिका बिचौलियाहरु बलराम सापकोटा, मनोज शर्मा, उनकै भाइ प्रभुशमशेर राणाहरुलाई उनले अवहेलना मुद्दा दायर गरी सुरुवात गर्न सक्नुपर्छ ।
प्रधानन्यायाधीश राणा राष्ट्रपति समक्ष सपथ खान जाँदा उनीसँगै शितलनिवासमा मनोज शर्मा, नवराज थपलियाहरु पनि थिए । राणाको सपथमा उनीहरु कुन हैसियतले गएका हुन् ? न्यायालयमा हाक्काहाक्की विचौलिया प्रवेश गराएर न्यायालयलाई विवादमा ल्याउने पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा मनोज शर्माको काम नै पछिल्ला दिनमा मुद्दाको सेटिङ गर्ने हो । यो कुरा प्रधानन्यायाधीश राणालाई थाहा छ । दामोदर शर्माले अस्थायी न्यायाधीश बनाएका उनीहरुलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्थायी नबनाएपछि मनोज शर्माको काम नै मुद्दाको दलाली गर्ने हुँदैआएको छ । मनोज शर्माहरुलाई उनले मानहानी मुद्दा चलाएर शुद्धीकरणको सुरुवात गर्नसके मात्र उनको भनाइ र गराइमा एकरुपता पाइनेछ । राणाको छत्रछायाँमा मुद्दामा सेटिङ गर्दैआएका मनोज शर्माहरु त राणा प्रधानन्यायाधीश भएपछि उच्च अदालतको मुख्यन्यायाधीश र न्यायाधीश नियुक्ति पक्का भन्दै भोजभतेरमा ब्यस्त छन् ।
सर्वोच्च अदालतका कर्मचारीहरु नै बिचौलिया छन् भन्ने कुरा राणालाई थाहा छ । तिनलाई जागिरबाटै बर्खास्त नगरी किन कार्यसम्पादन तलमाथि गर्नुप¥यो ? बिचौलिया भनेर निधारमा लेखिएको हुँदैन । कुनै न्यायाधीशले कालु गुरुङ, बलराम सापकोटा जस्ता बिचौलियाले आफूलाई मुद्दामा प्रलोभन दिएको गुनासो गर्नुप¥यो । त्यो गुनासो कसले गर्ने ? गुनासो नै नगरी के आधारमा मानहानी मुद्दा लाउने ? फेरि न्यायाधीशले नै सुन पसले, मासु पसलेमार्फत् घुसको डिल गर्ने भएपछि कसरी बिचौलिया पहिचान गर्नसक्छन् ? अजय सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा विदेशबाट भित्रिएको शंकास्पद ८० करोड रुपैयाँ फुकुवा गर्ने बरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई न्यायपरिषदको हवाला दिएर पेशी नतोक्ने, च्याम्बर खोस्नेदेखि प्रहरी लगाएर लखेटियो । तर, सुमार्गीकै स्याटेलाइट कम्पनीको नाममा आएको पौने ३ अर्ब रुपैयाँ शंकास्पद पैसा फुकुवा गर्न अन्तरिम आदेश दिने न्यायाधीश तेजबहादुर केसीलाई राणाले पेशी तोकिरहेकै छन् ।
उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश कुलरत्न भूर्तेलले ३८ क्वीन्टल सुनतस्करीमा थुनामा रहेका प्रहरीका पूर्व र बहालवाला भ्रष्ट अधिकारीदेखि तस्कर विमल पोद्दार र आरके ज्वेलर्सका राजेन्द्र शाक्यलाई जिल्ला अदालत मोरङको थुनछेक आदेश उल्टी गर्दै साधारण तारेखमा छाड्न निरन्तर सुनुवाइ राखे । सेटिङ गरी मुद्दा छरेर पेशी तोक्ने भूर्तेललाई केही नगरी साधारण तारेखमा छाड्ने पाँच न्यायाधीशलाई तानेर ठूलो हल्लाखल्ला मच्चाउने काम गरेका छन् । पाँच न्यायाधीशले जस्तै ३८ क्वीन्टल सुन तस्करीका आरोपी छाड्ने आदेश दिने उच्च अदालत बिराटनगरका न्यायाधीशद्वय जनक पाण्डे र साधुराम सापकोटालाई तानिएको छैन । सुनतस्करीका आरोपी छाड्न पेशी तोक्ने भूर्तेल, छाड्ने आदेश दिने पाण्डे र सापकोटालाई किन तानिएन ?ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयलाई भीएलएनका संचालक राम श्रेष्ठलाई छाडेको आरोपमा तानियो । तर त्यसअघि तिनै राम श्रेष्ठलाई छाड्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृत बस्नेतलाई खोई तानिएको ? आत्रेय र बस्नेतले एकै प्रकृतिको आदेश दिएका हुन् । तर आत्रेयलाई कारबाही हुँदा बस्नेतले कसरी उन्मुक्ति पाए ? नेपाल दूरसंचार कम्पनी(टेलिकम) सँग १ सय ५० भन्दा बढी कानुन ब्यवसायी र आफूलाई मन नपरेका कर्मचारी लगायतको कलडिटेल मागेको कुरा पनि आएको छ । जबकि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले ब्यक्तिको कलडिटेल माग्नु कानुन विपरीत भएको फैसला गरिसकेका छन् । यसर्थमा उनले कल डिटेल मागेका हुन् भने सर्वोच्च अदालतको आदेशको पनि विरुद्ध हुन्छ । प्रधानन्यायाधीश राणाकै छत्रछायाँमा नै बिचौलियाको खुलेआम प्रवेश अदालतमा थियो र छ ।
News Desk 0 response बिहिबार, माघ १७, २०७५
सम्बन्धित शीर्षकहरु
मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी कम्पनीमाथि व्यापार प्रतिबन्ध
बुधबार, मंसिर २६, २०८१दुर्गा प्रसाईंविरुद्द साइबर अपराधको मुद्दा दर्ता
बुधबार, मंसिर २६, २०८१शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७ सय विन्दुमाथि
बुधबार, मंसिर २६, २०८१काठमाडौंसँगको हारपछि लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
बुधबार, मंसिर २६, २०८१-
मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन..
बुधबार, मंसिर २६, २०८१ -
दुर्गा प्रसाईंविरुद्द साइबर अपराधको मुद्दा दर्ता
बुधबार, मंसिर २६, २०८१ -
शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७..
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंसँगको हारपछि लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
बुधबार, मंसिर २६, २०८१ -
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१
-
मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन..
बुधबार, मंसिर २६, २०८१ -
दुर्गा प्रसाईंविरुद्द साइबर अपराधको मुद्दा दर्ता
बुधबार, मंसिर २६, २०८१ -
शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७..
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंसँगको हारपछि लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
बुधबार, मंसिर २६, २०८१ -
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१
-
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
सोमवार, मंसिर १७, २०८१ -
नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क..
मङ्लबार, मंसिर २५, २०८१ -
एमालेको कार्यवाहक अध्यक्ष बने ईश्वर पोखरेल
सोमवार, मंसिर १७, २०८१ -
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा विराटनगर..
बुधबार, मंसिर १९, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१