

सशस्त्रलाई साक्षी राखेर प्रधानमन्त्रीले भने,-‘देशमा पुनः द्वन्द्व निम्त्याउने तत्वको चलखेल’
प्रधानमन्त्रीले राष्ट्रसेवाको क्रममा ज्यान गुमाएका नेपाली सेनाको १ हजार १८, नेपाल प्रहरीको १४ सय ४८, सशस्त्र प्रहरीको ३ सय १८ र अनुसन्धानको २३ जनालाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सहिद घोषणा गरिएको जानकारी गराए।
-
काठमाडौं । सशस्त्र प्रहरीलाई साक्षी राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकबाट द्वन्द्व सकिएको लामो समय भइसक्दा पनि फेरि मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको खुलासा गरे । सशस्त्र प्रहरी बल नेपालको १८ औं सशस्त्र प्रहरी स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा द्वन्द्व निम्त्याउने पुनः प्रयास भइरहेको बताए। ओलीले विगतमा भएको द्वन्द्वको घाउमा मल्हम लगाउनुको साटो पुनस् द्वन्द्व निम्त्याउने प्रयास भइरहेको भन्दै दुःख व्यक्त गरे। द्वन्द्वको घाउमा मल्हम लाउनुको सट्टा झन बल्झाउने, शान्ति खल्बलाउने, समाजमा हिंसा फैलाउने काम भईरहेकोमा प्रधानमन्त्रीले चिन्ता ब्यक्त गरे ।
News Desk 0 response मङ्लबार, माघ १५, २०७५
प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता तोड्ने राष्ट्रियता बिरोधी कुनैपनि देशद्रोही काम देशले नसहने बताए। मुलुकमा अहिले जनताको सरकार आएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता बिरोधी गतिविधि सह्य नहुने जिकिर गरे। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवाको क्रममा ज्यान गुमाएका नेपाली सेनाको १ हजार १८, नेपाल प्रहरीको १४ सय ४८, सशस्त्र प्रहरीको ३ सय १८ र अनुसन्धानको २३ जनालाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सहिद घोषणा गरिएको जानकारी गराए। अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने बताए। ुभ्रष्टाचार सहिँदैन, म गर्दिन र गर्न दिन्न। कसैले गरेको पाए अनुहार हेरेर व्यवहार हुँदैनु, उनले भने। अख्तियारलाई इङकित गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न हातमा अधिकार लिएर बसेकाले स्वयम् भ्रष्टाचार गरेकोमा चिन्ता व्यक्त गरे।


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९